‘राइट टू प्रोटिन रन’मा दौडँदै छन् ७ हजार ७८७ जना

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा शनिबार हुन लागेको ‘राइट टू प्रोटिन रन’ म्याराथान प्रतियोगितामा झण्डै ७ हजार ७८७ जनाले सहभागिता जनाउने भएका छन् ।

शनिबार आयोजना हुन लागेको प्रतियोगितामा सहभागिताका लागि एसोसिएसनले केही दिनअघि आवेदन आह्वान गरेको थियो । जसमा ७ हजार ७८७ जनाले आकांक्षा देखाएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र महिलाका लागि ३ किमि दौड हुँदैछ । त्यस्तै, प्रतियोगितामा अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालबालिकाका लागि रन फर फन दौड समावेश गरिएको प्रतियोगिताका संयोजक डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए ।

एनभिएका अनुसार, पुरुषतर्फको हाफ म्याराथनमा १ हजार २६६, हाफ म्याराथन महिलातर्फ १८२, १० किमि पुरुषतर्फ ३ हजार ८१, ५ किमि फिमेलतर्फ १ हजार १६६, १२ कक्षासम्मका छात्रका लागि गर्न लागिएको ५ किमि प्रतियोगितामा ७९२ र १२ कक्षासम्मका छात्राका लागि आयोजना गरिएको ३ किमि दौडमा ४७२ जना सहभागी हुनेछन् ।

कार्यक्रममा ह्विलचियर दौड पनि समावेश गरिएको छ । जसअन्तर्गत पुरुषतर्फको ह्विलचियर दौडमा ४० र महिलातर्फकोमा २० जनाले नाम टिपाएका छन् । किन्डरगार्डेन विद्यार्थी २६८ र भोलेन्टिएरका रूपमा ५०० जनाले प्रतियोगितामास सहभागिता जनाउने एनभिएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताअन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले समान रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो, तेस्रो चौथो र पाँचौं हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु ४० हजार र रु ३० हजार पुरस्कार पाउनेछन् ।

पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले रु ५० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले रु ४० हजार पाउनेछ । तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पाउने आयोजकले जनाएको छ ।

पाँच किमी खुला र पाँच किमी विद्यार्थीअन्तर्गत पुरुषतर्फको दौडमा पहिलो स्थान हात पार्ने खेलाडीले रु ३० हजार पाउँदा दोस्रो हुने खेलाडीले रु २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं स्थान हासिल गर्ने खेलाडीले रु पाँच हजार पुरस्कार पाउनेछन् ।

तीन किमी दौडको महिलातर्फ पहिलो हुने खेलाडीले रु २० हजार पाउनेछन् भने दोस्रोले रु १५ हजार पाउनेछन् । साथै तेस्रोले १० हजार, चौथोले रु पाँच हजार र पाँचौँ हुने खेलाडीले दुई हजार पाँच सय पाउनेछन् ।

ह्विलचेयरतर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुने महिला तथा पुरुष खेलाडीले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्ने राइट टू प्रोटिन रनको यो संस्करणको नारा ‘दौडमा सहभागी बनौं, स्वस्थ रहौं’ दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *