पशुपन्छी औषधि व्यवसायीको चुनावमा गैरप्रतिनिधिले मतदान गरेको खुलासा
रूपन्देहीको सदस्य पाल्पाको प्रतिनिधि !
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायीको गत पुस २४ र २५ मा चितवनमा सम्पन्न १४औं राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा फर्जी मतदाताले मतदान गरेको भेटिएको छ । साथै एक जिल्लामा सदस्य रहेकाले अर्कै जिल्लाको प्रतिनिधि बनेर निर्वाचनमा भाग लिएको पनि खुलेको छ ।
औषधि व्यवस्था विभागमा पसल दर्ता नै नभएका चार व्यवसायीले संघको केन्द्रीय नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पाल्पाको प्रतिनिधि बनेर मतदान गरेका हुन् ।
पाल्पामा दर्ता भेटेरिनरी पसलको संख्या ३६ छ । नेपाल पशुपन्छी औषधि व्यावसायी संघको स्मारिकमा ३६ मा ३३ व्यवसायी सदस्य रहेको उल्लेख छ । यीमध्ये १० प्रतिनिधि संघको चितवनमा सम्पन्न महाधिवेशनमा प्रतिनिधि चयन भएका थिए । जसमा ४ व्यवसायीको पाल्पामा पसल नै दर्ता नभएको भेटिएको छ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको विधानमा यसको सदस्य बन्न औषधि व्यवस्था विभागमा पसल दर्ता भएको हुनुपर्ने प्रावधान छ ।
प्रतिनिधि बनेर मदतान गर्न आएकामध्ये रिजाल भेट सेन्टरका जनक रिजाल, मिलन भेट फर्माका विनोद खाती र विष्णु भण्डारीको भण्डारी एग्रोभेट औषधि व्यवस्था विभागको रेकर्डमा पाल्पामादर्ता नभएको पाइएको हो ।
नेपाल पशुपन्छी औषधि व्यवसायीद्वारा प्रकाशित स्मारिकामा सिर्जना एग्रोभेट सेन्टरकी सम्झना मलेगो सदस्य रहेको उल्लेख छ । तर सो फर्मबाट हरि कोइरालाले मतदान गरेको रेकर्ड भेट टाइम्सलाई प्राप्त भएको छ ।
नेपाल पशुपन्छी औषधि व्यवसायीको विधानअनुसार सदस्य भएको व्यक्तिले मात्र मतदान गर्न पाउँछन् ।
त्यसैगरी, शाखा अध्यक्ष विमल घिमिरेले स्वतः प्रतिनिधिमा र जिल्लाबाट ५ बराबर १ प्रतिनिधिमा समेत आफ्नो नाम दर्ता गराएको पाइएको छ ।
हेर्नुहोस नेपाल पशुपन्छी औषधि व्यावसायी संघमा पाल्पाबाट छानिएका प्रतिनिधिहरु जसमा विमल घिमिरेको नाम दुई ठाँउमा राखिएको छ ।
विमलराज घिमिरेको अध्यक्षतामा रहेको पाल्पा जिल्ला कार्यसमितिमा विनोद खाती कार्यसमिति सदस्य हुन् । तर संघद्वारा प्रकाशित स्मारिकामा न उनको फर्मको नाम छ न त सम्पर्क नम्बर नै । स्रोतका अनुसार उनी औषधि व्यवस्था विभागमा दर्ता नभएका अवैध व्यवसायी हुन् ।
हेर्नुहोस नेपाल पशुपन्छी औषधि व्यावसायी संघको स्मारिकामा प्रकाशित पाल्ला शाखाका सदस्यहरु
रूपन्देहीमा सदस्य, पाल्पामा प्रतिनिधि
फर्जी प्रतिनिधिलाई मतादेशको अधिकार दिइएको संघको महाधिवेशनमा अर्को गाईजात्रा पनि भएको छ । संघको विधानतः जुन जिल्लाको सदस्य हो, महाधिवेशनमा त्यसैको प्रतिनिधि बन्न पाइन्छ । तर रूपन्देहीमा सदस्यता रहेका एक व्यवसायीलाई पाल्पाको प्रतिनिधि बनाइएको भेटिएको छ । पाल्पा शाखाका पूर्वअध्यक्ष समेत रहेका विष्णु भण्डारीले सदस्य नै नभएको जिल्लाको प्रतिनिधि बनेर मतदान गरेका हुन् ।
हेर्नुहोस औषधि व्यावस्था विभागमा पाल्पा जिल्लामा दर्ता रहेका भेटेरिनरी पसलको नामावली
पाल्पाको तानसेनमा व्यवसाय सञ्चालन गरेका भण्डारीको पसल भने औषधि व्यवस्था विभागमा भण्डारी भेट सेन्टरका नाममा रूपन्देहीमा दर्ता । आफू पाल्पा शाखाको सदस्य नभएको स्वंय भण्डारी बताउँछन् । तर भण्डारीले पाल्पाको प्रतिनिधि बनेर मतदान गरेको स्वीकार गरे । ‘मेरो पसल ठाँउ सारी गरेर रूपन्देही लगेको छु । म पाल्पाको सदस्य होइन,’ उनले भने । भण्डारीले संघको चितवनमा सम्पन्न महाधिवेशनमा प्रदेश प्रतिनिधिका रूपमा मतदान गरेको जिकिर गरे । जबकि, नेपाल पशुपन्छी औषधि व्यवसायी संघको प्रदेश प्रतिनिधिमा भण्डारीको नाम नै छैन् ।
नेपाल पशुपन्छी औषधि व्यावसायी संघ महाधिवेशन निर्वाचन समितका संयोजक गणेश सिग्देलका अनुसार आफुले प्राप्त नामहरु सार्वजनिक गरेको र सो नाममा कुनै दावी बिरोध प्राप्त नभएकोले निर्वाचन प्रकृया कानुन अनुसार भएको बताए ।
नेपाल पशुपन्छी औषधि व्यावसायी संघको विधान अनुसार, ५ बराबर १ प्रतिनिधि छानिने व्यावस्था गरेको छ । सो व्यावस्था अनुसार १८८४ जना सदस्य रहेको संघमा स्वःत प्रतिनिधि बन्न पाउने ८७ जना घटाएर बाँकी १७९७ सदस्यहरू मध्ये ३६० प्रतिनिधिहरू छानिएर कुल ४४७ जनालाई मात्र संघको अधिवेशनमा प्रतिनिधि बन्न पाउने देखिन्छ । तथापि, संघको महाधिवेशनमा प्रकाशित प्रतिनिधको संख्या ५४५ जना रहेको जनाइएको छ।
९८ प्रतिनिधिहरूले विधानःत अवैध
महाधिवेशन उद्घाटनको दिनमा प्रमुख अतिथिबाट बिमोचन गरिएको स्मारिकामा प्रकाशित कुल सदस्य संख्या १८८४आधारमा ४४७ प्रतिनिधिहरू हुनुपर्ने कानूनी व्यवस्था हुन्छ, तथापि गैर व्यावसायीहरूलाई पनि प्रतिनिधित्वमा राखिएकोले प्रतिनिधि संख्या बढेको एक केन्द्रीय पदाधिकारीले भेट टाइम्सलाई बताए।
कानूनी सल्लाहाकार गणेश सिग्देलको गैरकानूनी अधिव्यक्ति
आसन्न अधिवेशनको विषयमा कानुनी सल्लाहाकार सिग्देलले औषधि व्यावस्था विभागमा दर्ता नभएका व्यावसायीको नाम प्रतिनिधिमा समावेश भएतापनी दाबी बिारोध नपरेमा स्वःत बैधानीक हुने बताए ।
सिंदेलका अनुसार स्मारिकामा नभएका नामावलीहरु सोही दिन प्राप्त भएको बताए ।
उनको दाबी मान्नेहो भने ९८ प्रतिनिधिको लागी ५ बराबर १ हुन ४९० जना व्यावसायी एकैदिन संघको सदस्य बनेको देखिन्छ ।यद्यपी सो सम्भव नभएको नेपाल पशुपन्छी औषधि व्यासायी संधको अधिवेशन पराजित भएका एक व्यावसायीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
यसै संग सम्बन्धीत अन्य जिल्ला ,शाखा र प्रदेशहरु वाट समेत सुचनाहरु प्राप्तहुने क्रममा रहेकाले सत्यतथ्य प्रामाणित प्रश्चात प्रकाशन गर्नेछौं ।
प्रतिक्रिया