पशुपन्छीतर्फका सह–सचिवद्वय प्रसाईं र सिंहको सरुवा

काठमाडौं । पशुपन्छीतर्फका दुई सह–सचिवको सरुवा गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २९ सह–सचिवको सरुवा गरेकोमा पशुपन्छीतर्फका दुई जना समेटिएका हुन् ।

सरुवा गरिएका सहसचिवमा डा. टंक प्रसाईं र डा. नम्रता सिंह छन् । डा. प्रसाईं राष्ट्रिय खोप उत्पादन प्रयोगशाला र डा. सिंह नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको प्रमुखका रूपमा कार्यरत थिए । प्रसाईंलाई गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा पठाइएको छ । प्रसाईंको स्थानमा भने कसैलाई पनि पठाइएको छैन ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना पछिल्लो समय अस्थिर बन्दै गएको छ । यसअघि डा. रामनन्दन तिवारीलाई तीन महिनामै सरुवा गरेर किसान आयोग पठाइएकोमा डा. सिंहलाई एक महिनामै त्यहाँबाट लुम्बिनी प्रदेश कृषि मन्त्रालय पठाइएको छ ।

लम्पी स्किन र खोरेत खोपको खरिद प्रक्रिया पेचिलो बनिरहेका बेला यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कतिपयले करोडौं मूल्यका खोप खरिद गर्न लागिएकाले मन्त्रीले आफूनिकटकालाई लैजान हठात् यस्तो कदम उठाएको अनुमान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *