पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन आज, उद्घाटन रेनुले गर्ने
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४औं महाधिवेशन तथा ३३औं साधारणसभा आजबाट चितवनमा सुरु हुँदैछ ।
चितवनको भरतपुरमा दुई दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष पूर्णचन्द्र सापकोटाले जानकारी दिए ।
दियालो फुडल्याण्ड भरतपुरमा अहिले बिहान ११ बजे भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनका लागि देशभरका पशुपन्छी औषधि व्यवसायी चितवन आइपुगेका छन् ।
महाधिवेशनले आगामी २ वर्षका लागि कार्यसमितिका पदाधिकारी र सदस्य चयन गर्नेछ । अध्यक्षमा रितेश रिमाल र धनाकुमारी अधिकारी पाण्डे प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै, अन्य पदमा पनि विभिन्न व्यवसायीले उम्मेदवारी घोषणा गरेका छन् । प्रतिस्पिर्धाबाट नेतृत्व चयन हुने भएकाले उम्मेदवारहरूले लबिङ तीव्र पारेका छन् । निर्वाचन भने बुधबार हुने आयोजकले जनाएको छ ।
यसैबीच, महाधिवेशनको पूर्वसन्ध्यामा नेपाल पशुपन्छी औषधि व्यवसायी सघंघले मंगलबार बिहान ७ बजेबाट रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
प्रतिक्रिया