रेबिज संक्रमणले गोरु मरे

ओखलढुङ्गा।ओखलढुंगाको चिशंखुगढी गाउँपालिका –८ माम्खामा रेबिज संक्रमण भएर हलगोरु मरेका छन् । रेबिज संक्रमति कुकुरको टोकाइले रेबिज रोगको लक्षण देखापरेको माम्खाकी प्रमिला राईको हलगोरु मरेका हुन् ।

यससँगै समुदायमा रेबिज रोग फैलिने जोखिम बढेको छ । रेबिज संक्रमित कुकुरले जथाभावी पशु चौपायालाई टोकेपछि समुदायमा रेबिज रोग फैलिने जोखिम बढेको स्थानीयको भनाइ छ ।

रेबिज संक्रमणको जोखिम बढेका कारण कुकुर र पशु चौपायामा रेबिजविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाका प्रमुख डा. सुशिलकुमार अधिकारीले बताउनुभयो ।

रोग र यसबाट बच्न स्थानीयलाई सचेत गराइएको समेत डा. अधिकारीको भनाइ छ । जथाभावी पशु चौपायालाई टोकेर बेपत्ता भएको रेबिज संक्रमित कुकुर अहिलेसम्म फेला नपरेकाले सतर्कता अपनाउन कार्यालयले स्थानियलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *