भेटेरिनरी क्षेत्रका एक कर्मचारीलाई निजामती सेवा पुरस्कार

काठमाडौं । भेटेरिनरी क्षेत्रका एक कर्मचारी निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । निजामती सेवा दिवसका अवसरमा ४० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिन लागेको सरकारले एक जना भेटेरिनरी क्षेत्रका कर्मचारी पनि समेटेको हो ।

पुरस्कृत हुनेमा शशिधर सेढाईँ छन् । सेढाईँ भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, काठमाडौंका पशु चिकित्सक हुन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि १० जना कर्मचारी छनोट हुँदा भेटेरिनरी क्षेत्रका एक जना पनि परेका छैनन् ।

केही वर्षदेखि हरेक वर्षको भदौ २२ लाई निजामती सेवा दिवसका रूपमा मनाइने गरेको छ । दिवसका अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *