पशुपन्छी औषधी व्यवसायी संघ काभ्रे पूर्व शाखा अध्यक्षमा विकास शर्मा

काभ्रे । नेपाल पशुपन्छी औषधी व्यवसायी काभ्रे पूर्व शाखाको अध्यक्षमा विकास शर्मा चयन भएका छन् । काभ्रेको बनेपामा सम्पन्न अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङले पशुपन्छी औषधी व्यवसायको क्षेत्रमा सरकारका कारण करलगाएतका विषयमा निकै समस्या देखिएको उल्लेख गरेको थिए । नवनिर्वाचित अध्यक्ष शर्माले केन्द्रीय कार्यसमितिको कामप्रति आक्रोशित हुँदै व्यावसायीका पीरमर्कामा ध्यान दिन केन्द्रीय नेतृत्वलाई चेतावनी समेत दिएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ काभ्रे, नेपाल पत्रकार महासंघ काभ्रेका प्रतिनिधि, संघका केन्द्रीय निवर्तमान अध्यक्ष नवराज शर्मा, हेमराज बडाल लगायतका व्यावसायीको समेत उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *