पशुपन्छी औषधी व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा ऋषि बच्चन यादव
झापा । नेपाल पशुपन्छी औषधी व्यवसायी संघ प्रदेश १ को अध्यक्षमा ऋषि बच्चन यादव चयन भएका छन् । झापाको दमकमा दुई साताअघि सम्पन्न संघको प्रदेश एकको अधिवेसनले यादवको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा कमल बराल, उपाध्यक्षमा विष्णु भट्टराई, महासचिवमा अशोक सुवेदी, सहसचिवमा सन्तोष भट्टराई, कोषाध्यक्षमा सुवाष गड्तौला चयन भएका छन् । प्रदेश कार्यसमितिका सदस्यहरूमा गोविन्द श्रेष्ठ, दीपक बराल, भोला तिमल्सिना, कुमार सुवेदी बाँकी सदस्य पदमा महिला र पुरुष सदस्य संघले नियुक्त गर्ने जनाएको छ । संघका केन्द्रीय अध्यक्ष चित्रबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष उज्वल भट्टराई को अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष गुरुङले पशुपन्छी औषधी व्यवसायको क्षेत्रमा सर कारले करको दर निधै बढाएकोले यो व्यवसायमा समस्या पैदा भएको बताए । त्यस्तै, आवश्यक औषधीको आपूर्ति व्यवस्थापनमा समेत ससर कारले उचित ध्यान दिन नसकेको उनले बताए । उनले पशुपन्छीका लागि आवश्यक औषधी समयमै उपलब्ध नहुँदा व्यवसायीले धेरै ठूलो क्षति भोग्नुपरेको भन्दै उक्त समस्या समाधानका लागि संघको केन्द्रीय कार्यसमिति केन्द्रित रहेको बताए । नयाँ कार्य समितिलाई मोहन अधिकारी, रामबच्चन यादव, सरोज श्रेष्ठलगायत उपस्थित केन्द्रका सदस्यहरूले सफल कार्यकालका लािग शुभकामना दिएका थिए । कार्यक्रममा संघको मेची कोशी शाखाका व्यवसायीहरूको उपस्थिति थियो ।