दाना उद्योग संघको अध्यक्षमा पुरी निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल दाना उद्योग संघको अध्यक्षमा रवीन पुरी निर्विरोध निर्वाचित भएका छन् ।
शुक्रबार राजधानीमा सम्पन्न महाधिवेशनबाट पुरी आगामी कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।
प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीप रुंगटा र तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली चयन भएका छन् ।
महासचिवको जिम्मेवारी केशवराज थापाले पाएका छन् भने कोषाध्यक्ष र सचिवमा क्रमशः उमेश चन्द्र सापकोटा र राजकुमार पराजुली चयन भएका छन् ।
महाधिवेशनले १० सदस्यसमेत चयन गरेको छ । जसमा आनन्द बगेडिया, गोपाल टण्डन, देवीप्रसाद गौतम, विनोद पोखरेल, सुरेन्द्रराज प्रधान, विनोद केसी, नारायणप्रसाद फुयाँल, नितेश गुप्ता, विनोद भण्डारी र राजकुमार बञ्जरा छन् ।
प्रतिक्रिया