पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन मिति सार्वजनिक
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १३ औं राष्ट्रिय महाधिवेशन यही फागुन २० र २१ गते हुने भएको छ ।
कोभिड–१९ महामारीलगायत कारणले यसअघि पटक–पटक सरेको संघको महाधिवेशन आगामी फागुन २० र २१ गते तय भएको हो ।
संघले मंगलबार एक सूचना जारी गर्दै बोधि रेडसन होटल, भैरहवामा महाधिवेशन हुने जनाएको छ ।
संघ देशभरका पशुपन्छी औषधि व्यवसायीको छाता संगठन हो । संघको नेतृत्व हत्याउन पशुपन्छीका नेताहरू केही महिना अघिदेखि नै दाउपेचमा छन् ।
संघको १३ औं राष्ट्रिय महाधिवेशनको नारा ‘गुणस्तरीय औषधिको उपलब्धता, व्यवसायिक संरक्षणमा हाम्रो प्रतिबद्धता दिइएको छ ।
प्रतिक्रिया