पशुपन्छी औषधि व्यवसायी संघको इतिहासमै पहिलो महिला अध्यक्ष चयन

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, गण्डकी प्रदेशको अध्यक्षमा वसन्ता श्रेष्ठ चयन भएकी छन् ।

शुक्रबार बागलुङमा सम्पन्न संघको तेस्रो अधिवेशनले श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । औषधि व्यवसायी संघले आफ्नो इतिहासमा महिला नेतृत्व पाएको यो पहिलो घटना हो ।

शुक्रबार सम्पन्न अधिवेशनबाटै उपाध्यक्षमा अर्जुन थापा र ध्रुवराज पाण्डे चयन भएका छन् । त्यसैगरी भीमबहादुर सुनार, अर्जुन मरासिनी र टेकप्रसाद सापकोटा क्रमशः सचिव, सहसचिव र कोषाध्यक्षमा छनौट भएका छन् ।

अधिवेशनबाट पाँच कार्यसमिति सदस्यसमेत निर्वाचित भएका छन् । जसमा टीकाराम सापकोटा, राजेन्द्र बस्नेत, सविता सुवेदी, रामशरण कोइराला र कमलप्रसाद पौडेल छन् ।

संघको इतिहासमै पहिलो महिला अध्यक्ष निर्वाचित भएसँगै औषधि व्यवसायीहरू श्रेष्ठलगायतप्रति बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *