बिरामी भैँसीको मासु खाँदा डेढ सय जना बिरामी

रुपन्देही । रुपन्देहीमा बिरामी भैँसीको मासु खाँदा झन्डै डेढ सय जना बिरामी परेका छन।सैनामैना नगरपालिका–७, देउवापारमा बिरामी परेको भैँसीको मासु पकाएर खाँदा १४० जना एकसाथ बिरामी परेपछि गाउँ नै त्रसित बनेको छ ।

कुकुरले टोकेर बिरामी परेको भैँसीको मासु काटेर खाँदा सैनामैना–७, देउवापारस्थित स्मृति टोलका बासिन्दा बिरामी पर्न थालेपछि गाउँमा रेबिज सङ्क्रमणको त्रास फैलिएको होध्र गत असोज १ ९ गते घटस्थापनाका दिन सैनामैना–८, पीपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयसँग स्मृति टोलका केही व्यक्तिले भैँसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए ।

असोज १९ को घटना भए पनि अहिले ‚थानीयवासी बिरामी पर्न थालेपछि मात्र सो घटना सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पीपलडाँडाबाट भैँसी ल्याई काटेर बिक्री गरेका थिए ।

सो भैँसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी १४० जनाले पकाएर खाएका थिए । भैँसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको र स्मृति टोलका केही व्यक्तिले छालाका लागि भनेर सो भैँसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेको पाइएको वडाध्यक्ष बेल्बासेले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “भैँसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ । उहाँहरूले हामी छाला मात्र प्रयोग गर्छौं भनी उक्त भैँसी मालिकको घरबाट ल्याई गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।”बिरामी भैँसीको मासु खानेमा बच्चादेखि वृद्धसम्म छन् । अस्वस्थ मासु बिक्रीवितरण गरेको हुनाले उनीहरूमाथि आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझन्डीलाई अनुरोध गरिसकेको वडाध्यक्ष बेलबासेको भनाइ छ ।

घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृति टोलका ७० जनालाई रेबिजविरुद्धको खोप लगाएको छ । नगरप्रमुख चित्रबहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवद्र्धक खाद्यान सम्बन्धी चेतनाको अभावका कारण सो सम‚या उत्पन्न भएको बताउनुभयो । खबरपश्चात नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र सङ्घीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरी ७० जनालाई खोप लगाइएको नगरप्रमुख कार्कीको भनाइ छ ।

नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कुल १४० मध्ये मासु काटेका र नपाकेको मासु छोएका ७० जनालाई रेबिजविरुद्धको पहिलो खोप दिइएको हो । यता मासु ल्याएर बिक्री गर्नेमध्येका एक जनाले भैँसी काटेर बिक्री गरेको स्वीकार गरेका छन् ।

चाडपर्वको समयमा स्थानीयस्तरमा भैँसीको मासु सस्तोमा पाइएपछि आफूहरूले किनेर खाएको स्थानीयवासीको भनाइ छध्र एक स्थानीय किशोरले आफूले एक किलो मासु २५० रुपियाँमा खरिद गरेको बताएका छन् । उनले बिरामी भैँसीको मासु खाएको भन्ने थाहा भएपछि डर लागेको बताउँदै घटनापछि भने नगरपालिकाले तत्काल खोप व्यवस्थान गरेर स्थानीय सबैलाई उपलब्ध गराएकोमा ढुक्क भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *