३ करोड पर्ने दुर्लभ दुईमुखे सर्प र उल्लु तस्करीमा संलग्न १० पक्राउ

उज्जैन(मध्यप्रदेश)। मध्य प्रदेशको उज्जैनमा वन्यजन्तुको तस्करी गर्ने गिरोहलाई प्रहरीको स्पेसल टास्क फोर्स (एसटिएफ) ले पक्राउ गरेको छ । एसटिएफले तस्करीमा संलग्न एक दर्जन व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको समुहमा चार महिला पनि छन् । उनीहरुको साथबाट सुनौलो रङको उल्लु र दुई मुख भएको सर्प बरामद गरिएको छ । जसको मूल्य अन्तराष्ट्रिय बजारमा करोडौँ पर्छ ।

एसटिएफले भारतीय सञ्चार माध्यमलाई बताएअनुसार केही व्यक्तिहरुले उज्जैनको नानखेडा क्षेत्रमा वन्यजन्तुहरू बेच्न ग्राहकको खोजी गरिरहेका छन् भन्ने सूचनाको आधारमा एसटीएफले पक्राउ गर्ने योजना बनाएर दुई कारमा आएका १० व्यक्तिलाई पक्राउ गरेको हो । आरोपित सबै इन्दौर र वरपरका क्षेत्रमा बसोबास गर्छन् ।

एफटिएफका अनुसार एउटा सुनौलो रङको उल्लु र दुईमुखे सर्प बरामद गरेको हो । बरामद गरिएका दुबै जीव दुर्लभ प्रजातीका हुन् । ती जीवको मूल्य करिब ३ करोड रहेको छ । दुई मुख भएको सर्प औषधि बनाउन प्रयोग गरिन्छ, जसको मूल्य २.२५ करोड पर्छ ।

पक्राउ परेका सबै अभियुक्तलाई वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कारबाही गरिनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *