पशुपन्छी औषधि व्यवसायी संघ, गण्डकी प्रदेश : गोपीनाथ बरालअध्यक्षमा निर्वाचित
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, गण्डकी प्रदेश कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार पोखरामा सम्पन्न समितिको चौंथो अधिवेशनबाट गोपिनाथ बराल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी, उपाध्यक्षमा क्रमशः अर्जुन थापा, भिमबहदुर सुनार र नारायण पौडेल निर्वाचित भएका छन् ।
अधिवेशनले अर्जुन मरासिनीलाई सचिव, टेकप्रसाद सापकोटालाई कोषाध्यक्ष र सविता सुवेदी रेग्मीलाई सहसचिवमा चयन गरेको छ ।
त्यसैगरी, समितिमा सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित सदस्यहरूमा तेजबहादुर भण्डारी, मनोज पन्त, कुलबहादुर लम्साल र महेन्द्र मिश्र छन् ।
प्रतिक्रिया