नेपालआइपुगे १५ वटा मुर्रा राँगा : लहान ,पोखरा र नेपालगन्जमा राखिने

काठमाडौं ।भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारतबीच कृषि तथा पशुपक्षीको क्षेत्रमा भएको पूर्वसमझदारीअनुसार नेपालगन्ज जमुनाहा नाका भएर मुर्रा राँगा भित्रिएको हो ।

नेपाल आइपुगेको उक्त राँगालाई पूर्वसहमतिअनुसार तीनवटा नेपालगन्ज, पाँचवटा लहान र सातवटा पोखराको पशु क्वारेन्टिन शाखामा राखिने नेपालगन्ज पशु क्वारेन्टिन शाखा कार्यालयका प्रमुख डा. विनयकुमार कर्णले बताए ।

यो जातको भैँसीले एक बेतमा पाँच हजार लिटरसम्म दूध दिने अनुमान गरिएको छ । यस्तो भैँसीको कारण भारतले दुग्ध उत्पादनमा तीन गुणा वृद्धि गरेसँगै संसारभर भारतबाट मुर्रा जातको नश्लका लागि माग बढेको पशुसेवा विभागको भनाइ छ । नेपालमा अहिले पालिएका उन्नत जातका भैँसीहरूबाट औसत प्रतिबेत १४ सय लिटर मात्रै दूध उत्पादन क्षमता रहेको विभागको भनाइ छ ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले अनुदानमा मुर्रा राँगा दिने बताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *