कृषि सचिवसँग मिलेर सम्झनाकुमारी काफ्लेले धोका दिनुभयो : शीतलकाजी

काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) का पूर्बअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले पशु सेवा विभागकी महानिर्देशक डा.सम्झनाकुमारी काफ्लेले बजेटमा पशुपन्छीसँग सम्बन्धित कार्यालयप्रति गरिएको व्यवहारविरुद्ध आन्दोलन गर्न प्रेरित गरेर अन्तिममा धोका दिएको आरोप लगाएका छन् ।

बुधबार राजधानीमा आयोजित पशुपन्छी क्षेत्रका सरोकारावाला १६ संगठनको विरोध कार्यक्रममा बोल्दै उनले कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. दीपक खरालसँग मिलेर काफ्लेले धोका दिएको बताए ।

त्यस्तै मन्त्रालयका सहसचिव र अन्य भेटेरिनरी चिकित्सकले पनि पेशाप्रतिको दायित्व पूरा नगरेको उनले आरोप लगाए । ‘दीपक खरालको लहैलहैमा लागेर पशु सेवा विभागकी महानिर्देशक सम्झनाकुमारी काफ्लेलगायत सबै सहसचिवज्यूहरू दुलोभित्र पसेका छन्,’ डा. श्रेष्ठले अगाडि प्रश्न गरे, ‘यो आन्दोलन गर्न प्रेरणा दिने डा.सम्झनाकुमारी काफ्ले दीपक खरालसँग नारिएर किन दुलोभित्र बसिरहेकी छन् ?’ यो आन्दोलन सरकारी संस्था र पशु चिकित्सक तथा पशु प्राविधिकको आन्दोलन बचाउन भएकाले यसलाई बुझ्न उनले सुझाव दिए ।

आफूहरूको आन्दोलनलाई पशु सेवा विभागकी महानिर्देशकलगायत अधिकारले साथ नदिए पनि पछि नहट्ने उनले बताए । जायज माग राखेर संघर्षमा उत्रिएकाले सम्पूर्ण पेशागत संघ, संगठन र पेशागत ट्रेड युनियनलाई अगाडि लगाएर यसलाई निचोडमा पु–याइ छाड्ने प्रतिबद्धता उनले जनाए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवप्रति निकै आक्रोषित देखिएका उनले डा. खराल र डा गोविन्द शर्मालाई भिजिलान्तेको संज्ञा दिए ।

विरोध कार्यक्रम नेपाल भेटेरिनरी एसोसियसनका केन्द्रिय महासचिब डा. केदार सुबेदिले संचालन गरेका थिए।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *