शंकर कँडेल मृत्यु प्रकरण : रूंगाटासहित २ विरूद्ध आत्महत्या दुरूत्साहनको उजुरी

काठमाडौं । मंगलबार मृत भेटिएका चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलका परिवारले २ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन् ।
कँडेललाई मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको दाबीसहित
व्यवसायी प्रदीप रूंगाटा र जीवन रावलविरूद्ध प्रहरीमा किटानी जाहेरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले कंडेललाई आत्महत्या गर्न बाध्य पारिएको जिकिर गर्दै दुईविरूद्ध किटानी जाहेरी परेको जनाएको छ ।
आत्महत्या दुरूत्साहनको उजुरीपछि प्रहरीले दुवै जनाको खोजी थालेको छ ।

रूंगाटा अनमोल फिड कम्पनी सेयरकर्ता हुन् भने रावल सोही कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट हुन् ।

कँडेल नेतृत्वको अनमोल फिडमा संकट आएपछि
व्यवसायी रूंगाटाले केही समयअघि मात्रै त्यसको ८५ प्रतिशत शेयर खरिद गरेका थिए ।
सेयर खरिदपछि हिसाब मिलाउने क्रममा रूंगाटाले मानसिक तनाव दिएको परिवारले आरोप लगाएका छन् । कँडेल स्वयंले पनि आफ्नो सुसाइड नोटमा यो विषय उल्लेख गरेका छन् ।
पोषक दानाका सञ्चालक रूंगाटा विवादास्पद व्यवसायी हुन् । उनकै दानाका बिक्रेताले उनले आर्थिक शोषण गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *