पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन स्थगित

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन तथा ३१ औं वार्षिक साधारणसभा स्थगित भएकाे छ । यसअघि संघले पुस १६ र १७ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

दोस्रोपटक त्यसलाई संशोधन गरेर पुस २२ र २३ गरिएकोमा पुनः तेस्रोपटक पनि सारेर माघ ४ र ५ का लागि तय गरिएको थियो । तर यो मितिलाई पनि संशोधन गरेर अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले कोभिड १९, ओमिक्रोन भेरियन्टका कारण सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन सिफारिस गरेकाले महाधिवेशन स्थगित गरिएको संघका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ । संघका अनुसार, महाधिवेशनको मिति अर्को सूचना जारी गरेर सार्वजनिक गरिनेछ ।

संघमा देशभरका पशुपन्छी औषधी व्यावसायीहरू गोलबद्ध छन् । अधिवेशनले आगामी कार्यकालको नेतृत्व चुन्ने छ । भूपेन्द्र गौतम नेतृत्वको अहिलेको समिति विराटनगरमा सम्पन्न अधिवेशनबाट चुनिएको थियो । व्यावसायिक संगठन भएता पनि नेतृत्वसँगै अन्य पदमा कडा प्रतिस्पर्धा हुने गरेको छ । यस पटक अध्यक्षमा दुईले दाबी पेस गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *