नेल्टाको स्थापना दिवस देशैभर निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । श्रम तथा वैदेशिक रोजगार विभागमा २०७२ साल जेष्ठ २६ गतेका दिन विधिवत रुपमा दर्ता भई प्राविधिक हरुको हकहितका लागी सङ्घर्ष गरिरहेको नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)को आज पाँचौ स्थापना दिवस हो।

सङ्घले स्थापना दिवसको अवसरमा देशैभर पशु स्वास्थ्य शिविरको आयोजना गरेको छ । संघ अध्यक्ष जनक बहादुर रावल र महासचिव सुरेश कुमार श्रेष्ठ द्धारा संयुक्त रुपमा एक शुभकामना सन्देश जारी गर्दै यस विषम परिस्थितिमा समेत संघले किसानको हितका लागी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताउनु भएको छ ।

के हो नेल्टा ?

नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको भूमिका पशुधनको विकास र सम्बद्र्धनमा महत्वपूर्ण रहँदै आएको छ ।
पशु स्वास्थ्य सेवाका क्षेत्रमा प्राविधिकहरुले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि प्रविधिकहरु सँगठित रुपमा अघि बढ्न नसक्दा उनीहरुको भूमिकालाई राज्य र समाजले गहन रुपमा बुझ्न र आत्मसात गर्न नसकिरहेको अवश्था थियो।

सँगठित रुपमा अघि बढे पेशागत हित सम्बद्र्धनमा सहयोग पुग्ने अपेक्षा प्राविधिक अगुवाहरुको रह्यो । यही अपेक्षाका साथ २९ वैशाख २०७१ सालमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को प्रादुर्भाव भएको हो ।
लोकतान्त्रिक पशु स्वास्थ्य सेवा प्राविधिहरुले नेपाली कांगे्रसका तत्कालिन श्रम विभाग प्रमुख एवं संविधानसभा सदस्य
बद्री पाण्डेको प्रमुख आतिथ्य तथा पशु सेवा कार्यालय गोर्खाकी पशु स्वास्थ्य प्राविधिक शरुणा पोखरेलको अध्यक्षतामा गरेको प्रारम्भिक भेलाले २९ वैशाख २०७१ मा नेल्टाको तदर्थ समिति गठन गरेको हो । भेलाले प्राइभेट पाराभेट रामशरण थापाको संयोजकत्वमा ९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको थियो । तदर्थ कार्य समिति गठनपछि यो पेशागत संस्था कानुनी मान्यताका लागि दर्ताको प्रक्रियामा गएको थियो । फलस्वरुप तदर्थ समिति स्थापनाको एक वर्षपछि अर्थात् २६ जेठ २०७२ मा ट्रेड युनियन ऐन २०४९ बमोजिम यो संस्था श्रम तथा वैदेशिक रोजगार विभागमा औपचारिक रुपमा दर्ता भयो । दर्तापछि संघको पहिलो महाधिवेशन २८ र २९ फागुन २०७२ मा नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त महाधिवेशनमा देशभरका ६३ जिल्लाका ३ सय ५० भन्दा बढी केन्द्रीय प्रतिनिधि र प्रर्यवेक्षकहरुको उपस्थिति रहेको थियो । हाल यो पेशागत संघमा २० हजारभन्दा बढी पशु स्वास्थ प्राविधिकहरु सँगठित भई सदस्य लिएका छन् । क्रियाशील सदस्यको संख्या पनि ५ हजारभन्दा बढी रहेको छ । यस संघले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता, पशु सेवा तथा स्वास्थ्य प्राविधिकदेखि पशु चिकित्सक तथा विशेषज्ञहरुहरुलाई समेत सँगठित गरी अघि बढेको छ ।

हाल यो संघ नेपालको पशु स्वास्थ्य सेवा क्षेत्रको एक मात्र पेशागत ट्रेड युनियनको रुपमा क्रियाशील छ । यस संघमा
लोकतान्त्रिक मूल्यमान्यतामा आस्था राख्ने सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा क्रियाशील पशु सेवा प्राविधिकहरुको सदस्यता रहेको छ । ‘लोकतान्त्रिक नेपालमा पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पहिचान, व्यवसायिक पशुपालनमा नेल्टाको अभियान’ भन्ने नेल्टाको नाराले नै लोकतन्त्रप्रति अगाध आस्था राख्ने र त्यसै अनुसारका आचरण प्रदर्शन गर्ने पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई यस संघमा सँगठित गर्दै अघि बढेको स्पष्ट पारेको छ । संघले पशु स्वास्थ्य सेवा प्राविधिकहरुको पेशागत हकहितको रक्षा, पेशागत मर्यादा अभिवृद्धि, पशुपन्छीपालन तथा कृषि व्यवसायको विविधिकरण, यान्त्रिकरण, औद्योगिकीकरण, गुणस्तरीय उत्पादन र त्यसको बजारीकरण, नीति निर्माणमा सहजीकरण जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । त्यस्तै, पशुपन्छीपालन क्षेत्रमा पशुपन्छीपालक किसानको उत्पादनशीलता अभिवृद्धि, व्यावसायिक पशुपालन, पशुधनको संरक्षण, सम्मानजनक स्वरोजगारीको सिर्जना जस्ता विषयलाई प्रमुखता दिँदै नेपालबाट नै गरिबी निवारणका लागि योगदान पु¥याइरहेको छ । पशु स्वास्थ्य सेवा प्राविधिकहरुले सरकारी, पशुपन्छी पालक किसान, व्यवसायी, औषधि व्यवसायी, पशु चिकित्सक, विज्ञजस्ता हरेक पेशागत र व्यवसायिक भूमिका रहेका पक्षबीच समन्वयात्मक भूमिकासमेत निर्वाह गरी अघि बढिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *