अपडेट : जुम्लामा चट्याङ लागेर २ सय १७ भेडा मरेको पुष्टि

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका–४ मा पर्ने एक सामुदायिक वनमा चट्याङ लागेर मर्ने भेडाको संख्या २ सय १७ रहेको पुष्टि भएको छ । उक्त गाउँपालिको जाजुल्ले भन्ने ठाउँमा रहेको ढाँणखर्क सामुदायिक वनमा चरिरहेका ती भेडा चट्याङ लागेर मरेको पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले बताए । यसअघि चट्याङले ५ सय भेडा मरेको हल्ला चले पनि संख्या यकिन हुन सकेको थिएन ।

‘सोमबार दिउँसो ३ बजे उक्त सामुदायिक वनमा चट्याङ पर्दा चरिरहेका २ सय १७ भेडा मरेको पुष्टि भएको छ,’ उनले भने, ‘मरेका भेँडा पातारासी गाउँपालिका–५ का करिब १० जना किसानको रहेको छ ।’

भेडा किसनको ठ्याक्कै कति मूल्य बराबरको क्षति भयो र उक्त क्षतिलाई कसरी पूर्ति गर्ने भन्ने बारे भने निर्णय हुन बाँकी छ ।

याे पनि पढ्नुहाेस् :

http://vetkhabar.com/2020/08/1174/


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *