जसका कारण पक्डियो कुकुरपालनले व्यावसायिकता

काठमाडौं । अक्सर मानिसहरू समस्याबाट भाग्ने गर्छन् । समस्याको सामना गर्न नसक्दा जीवन नै दुरुह बनेका कैयन् उदाहरण छन् । तर कतिपय यस्ता मानिस पनि हुन्छन्, जो समस्यासँग भाग्ने होइन, त्यसलाई अवसरका रूपमा उपभोग गर्ने ल्याकत राख्छन् ।

नेपालमा व्यावसायिक कुकुरपालनलाई स्थापित गर्ने चिरपरिचित सुरेश शाह यस्तै एक व्यक्ति हुन् ।
०५४ मा शाह भर्खर अध्ययन सकाएर बसेका थिए । अब केही गर्नुपर्छ भन्ने हुटहुटी त मनमा थियो । तर करिअर कुन क्षेत्रबाट सुरु गर्ने ? कुनै रूपरेखा बनिसकेकै थिएन ।

त्यतिबेला काठमाडौंमा भुस्याहा कुकुरको बिगबिगी थियो । शाहका अनुसार, काठमाडौंमा व्यवस्थित ढंगले कुकुर पाल्ने संस्कृति नै थिएन । मन लागुन्जेल पाल्ने, आशक्ति नभएपछि सडकमा ल्याउने, छाडिदिने ।
यसले सडकमा भुस्याहा कुकुरको बिगबिगी बढेको थियो । जता हे¥यो उतै भुस्याहा कुकुर देखिन्थे ।समस्या जटिल थियो, तर त्यसको समाधानमा कसैको चासो नै थिएन ।

काठमाडौं अहिलेजस्तो घना अवादि पनि थिएन, अनि महानगरपालिका हुन पनि बाँकी थियो । उसले भुस्याहा कुकुरको प्रकोप नियन्त्रण गर्न हरेक वर्ष बजेट छुट्याउँथ्यो । त्यो बजेटले कुकुर माथ्र्यो । तर अवस्था बीसको उन्नाइस भए मारिदिनु । जति कुकुर मा¥यो, अर्को वर्ष उत्तिकै देखिन्थे ।

‘तत्कालीन काठमाडौं नगरपालिकाले बजेट छुट्याएर बर्सेनि १० हजारको संख्यामा कुकुर त माथ्र्यो तर फेरि उत्तिकै मात्रामा सडकमा थुप्रिहाल्यो,’ उतिबेलाको भुस्याहा कुकुर समस्या स्मरण गर्दै शाहले भेट टाइम्ससँग भने ।
काठमाडौंबासीलाई हायलकायल बनाएको भुस्याहा कुकुर यसरी मार्नु पशु अधिकारका अक्षम्य अपराध नै थियो । समाधानको कोणबाट पनि यो वैज्ञानिक थिएन । यसरी कुकुर मारेर यसको दीगो समाधान निस्किने वाला थिएन ।
काठमाडौंको यो जटिल समस्याभित्र एउटा तन्नेरी भने ठूलो सम्भावना देखिरहेको थियो ।
‘काठमाडौंलाई यो समस्याले जटिल बनाए पनि मैले भने आर्थिक उपार्जनसँगै देश सेवा गर्न सकिने देखिरहेको थिएँ,’ शाहले उतिबेलाको उनको मनोदशाको पत्र उप्काउँदै भने ।

सम्भावना त अथाह थियो तर कहाँबाट थाल्ने ? कसरी थाल्ने ? सजिलो थिएन ।
यत्तिकैमा उनलाई आइडिया फु¥यो, तत्कालीन काठमाडौं नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने ।
उनले नगरपालिकामा प्रस्ताव लगे– जनतालाई व्यवस्थित ढंगले कुकुरपालन गर्न नसिकाएसम्म यसको दीर्घकालीन समाधान हुँदैन । यसका लागि नगरपालिकासँग सहकार्य गर्न तयार छु ।

नगरपालिकाले उनको प्रस्ताव स्वीकार ग¥यो । चुनौती त अगाडि थियो नै तर प्रस्ताव स्वीकृत भएकाले उनी गदगद भए ।
नगरपालिकासँग कन्ट्याक्ट भयो । उनले कुकुरपालकसँग १०० रूपैयाँ शुल्क उठाउन पाउने भए । त्यो शुल्कबाट उनले नगरपालिकाभित्र जति पनि कुकुर पालिएका थिए, तिनलाई दर्ता गराउँदै परिचयपत्र वितरण गर्नुपर्ने थियो । व्यवस्थित कुकुरपालनको पुस्तिका तयार गरेर त्यसैबाट बाँडियो । घाँटीमा दर्ता नम्बरसहितको परिचयपत्र प्रबन्ध गरियो । यसो गर्दा दुईवटा फाइदा भए । पहिलो त नगरपालिकाभित्रका कुकुरहरूको अभिलेख तयार भयो । दोस्रो, विगतमा बेपरबाह भुस्याहा कुकुर छाड्दै आएकामाथि अंकुश लाग्यो । किनभने, परिचयपत्रसहितका कुकुर सडकमा देखिएमा कसले छाडेको थाहा हुने भयो ।

‘१०० रूपैयाँ कुकुर धनीसँग दर्ता शुल्क भनेर लिन्थ्यौं । त्यसबाट व्यवस्थित कुकुर पालन पुस्तिका, परिचयपत्र दिन्थ्यौं,’ शाहले चौबीस वर्षअघिका ती सम्झिए, ‘यसो भएपछि कुकुरको पहिचान सजिलो भयो र छाड्ने प्रावृत्ति घट्यो । दोहोरो काम हामी ग¥यौं ।’

नगरपालिकासँग सम्झौता गरेर दुई वर्षसम्म शाहले यसै गरी काम गरे । यसबाट काठमाडौंको भुस्याहा कुकुरको समस्या निकै कम भएको शाहको अनुभव छ ।

दुई वर्षपछि नगरपालिकासँगको सम्झौता सकियो । नगरपालिकाले पनि त्यसलाई निरन्तरता दिन उन्सुकता देखाएन । उनले पनि सम्झौता नवीकरणमा जोड गरेनन् । किनभने, उनले जागरणको काम करिब करिब गरिसकेका थिए । त्यसैले उनले यसलाई व्यावसायिकता दिने सोच बनाए ।
समस्याले जन्मिया माउण्ट एभरेष्ट केनल
दुई वर्ष भुस्याहा कुकुर व्यवस्थापनमा बिताउँदा धेरै कुरा सिकिसकेका थिए । शहरमा व्यवस्थित रूपले कुकुरपालन गर्न सिकाउँदा यसले उद्योगको आकार लिने शाहले अन्दाज गरिसकेका थिए । त्यसपछि उनले निधो गरे, केनल क्लब खोल्ने । रोयल केनल क्लब भनेर दर्ता गरे । सम्भवतः यो काठमाडौंमा व्यावसायिक कुकुरपालनका लागि निजी क्षेत्रबाट गरिएको पहिलो प्रयास थियो ।

शाहका अनुसार २०५४ सालमा शाहले एक्लै यो केनल क्लब खोलेका हुन् । त्यतिबेला २५–३० हजार रूपैयाँ लगानी गरेको शाह बताउँछन् ।

काठमाडौंमा यो नयाँ प्रयोग थियो । त्यसैले चुनौती पनि उत्तिकै हुनसक्थे । तर शाहले नोटिस नै गर्ने गरी कहिल्यै असहजता महसुस गरेनन् ।

‘व्यवसाय गर्दा सानातिना समस्या त आइरहन्छन्,’ उनले भेट टाइम्ससँग भने, ‘नोटिस नै हुने गरी अप्ठ्यारो परिस्थिति अहिलेसम्म झेल्नुपरेको छैन । अब पनि नपरोस् ।’

काठमाडौंका रैथाने भएकाले उनलाई आफ्नै घरमा यो व्यवसाय सञ्चालन गर्ने सुविधा मिलेको छ । कुकुरका लागि हस्पिटल, दाना, पेटसपलगायत आवश्यक हुन्छ । यी सबै सेवा शाहले खोलेको केनल क्लबको एउटै छानामुनि पाइन्छ ।
‘कुकुरपालनसँग सम्बन्धित सबै सेवा हामी उपलब्ध गराउँछौं,’ शाहले भने ।
शाहले २४ वर्षअघि सीमित पुँजीबाट सुरु गरेको व्यवसाय अहिले शिखरमा पुगेको छ । व्यावसायिकता, ज्ञान, सिप र समाजप्रतिको उत्तरदायित्वका कारण उनले सफलता हासिल गरेका छन् । शाहका अनुसार, उनले २५–३० हजारबाट सुरु गरेको व्यवसाय फैलिएर अहिले करोडौं पुगेको छ ।
‘ठ्याक्कै कतिको पुँजी भयो भनेर त मैले हिसाब गरेको छैन,’ शाहले भने, ‘मेरो विचारमा करोडौं नाघीसक्यो होला ।’
सेवा विस्तार हुँदै
शाहको सेवा अहिले काठमाडौंमा मात्र सीमित छ । उनले आफ्नो केनल क्लबमार्फत अहिले यहाँभित्र मात्र सेवा दिएका छन् । तर निकट भविष्यमा उनी यसलाई देशव्यापी विस्तार गर्न चाहन्छन् ।
शाहले आफ्नो केनल क्लबको ब्रान्च पूर्वदेखि पश्चिम महाकालीसम्म खोल्ने सोच बनाएका छन् । त्यसका लागि गृहकार्य पनि भइरहेको छ ।
‘अहिले हाम्रो सेवा काठमाडौंमा मात्र छ । निकट भविष्यमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म यसका शाखा खोल्ने योजना छ,’ प्रफुल्ल मुद्रामा शाहले भने ।

सन्तुष्टि पनि उत्तिकै
मान्छेका जीवनमा अनेक दुःख हुन्छन् । सम्हालेको पेशाबाट धेरै सन्तुष्ट हुँदैनन् । पैसा कमाइ भए नाम हुँदैन, नाम भए पैसा हुँदैन । शाहले भने आफ्नो व्यवसायबाट नाम र दाम मात्र होइन सामाजिक उत्तरदायित्व पनि बहन गरिरहेका छन् ।
काठमाडौं मात्र होइन, देशभर व्यावसायिक कुकुरपालनको जस शाहलाई नै जान्छ । किनभने, नेपालमा यसका सूत्राधार शाह हुन् । यदि शाहले उतिबेला यो साहस गरेका थिएनन् भने यसले उद्योगको आकार लिन सक्दैनथ्यो । यसमा शाह निकै सन्तुष्ट छन् ।

‘यो व्यवसायमा लागेर देश र जनताका निम्ति केही योगदान दिन सकेँ । यसमा म निकै सन्तुष्ट छु,’ यो व्यवसायमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने भेट टाइम्स प्रतिनिधिको प्रश्नमा शाहले भने ।
सबैभन्दा ठूलो सन्तुष्टिचाहिँ शाहलाई यो क्षेत्रले उद्योगको आकार लिएकोमा लाग्छ रे । हुन पनि शाह यो क्षेत्रमा यसरी हेलिदैनथे भने नेपालले अहिले पनि भारतबाट कुकुर आयात गरेर नेपाली रूपैयाँ विदेश पठाइरहेको हुन्थ्यो होला । तर अहिले शाहलगायत केही व्यक्तिका कारण नेपाल कुकुरमा ९० प्रतिशत आत्मनिर्भर भएको छ । १० प्रतिशत मात्र विदेशबाट आउँछन् ।

शाहले यो क्षेत्रमा धेरै कुशल जनशक्तिसमेत उत्पादन गरेका छन् । जसले काठमाडौंसहित देशका विभिन्न भागमा रहेर यो क्षेत्रलाई उद्योगको आकार दिइरहेका छन् । यसले आफूलाई अरुका निम्ति पनि केही गर्न सकेँ भन्ने सुखानुभूति हुने शाह सुनाउँछन् ।

‘यो क्षेत्रले अहिले लगभग उद्योगको आकार लियो । धेरैले रोजगारी पाएका छन् । नेपाललाई केही योगदान दिएँ भनेर सन्तुष्ट छु,’ शाहले भने ।
शाहका अनुसार, उनको आफ्नै केनल क्लबले मात्रै अहिले ४५ जनालाई रोजगारी दिइरहेको छ । कैयन विडरले उनकै कारण उत्तिकै काम पाइरहेका छन् ।

कसरी छनौट गर्ने कुकुर ?
कुकुर पाल्ने सोच भए पनि कतिलाई कुकुर छनौटलगायत ज्ञान हुँदैन । कुकुरपालनको ज्ञान नहुँदा खर्च गरेर किनिएका कुकुर घाँडो हुनसक्छन् । शाहका कुकुरपालनमा चासो भएका व्यक्ति यी विषयमा चनाखो हुनुपर्ने बताउँछन् ।
शाहका अनुसार, कुकुरपाल्ने सोच भएकाले पहिले आफ्नो पूर्वाधार कस्तो छ भन्ने हेर्नुपर्छ । घर कम्पाउन्ड ठूलो छ भने ठूलो जातका कुकुर पाल्नु उपयुक्त हुन्छ । फ्ल्याटमा बस्नेका लागि भने सानो जातको कुकुर उपयोगी हुन्छ ।
‘सबैभन्दा पहिले के कारणले कुकुर पाल्न लागेको हो, त्यसको निधो गर्नुपर्छ । त्यसपछि पूर्वाधार हेरेर सानो,ठूलो जातको कुकुर आवश्यकताअनुसार पाल्न सकिन्छ,’ शाहको सुझाव छ ।

साना, ठूला जातका कुकुरमा पनि आ–आफ्नै विशेषता भएको शाह बताउँछन् । उनका अनुसार, सानो जातमा स्पिच ,पग , स्पानेललगायत राम्रो मानिन्छ । मध्यममा ल्याबरेडर, जर्मन सेफर्ड उत्तम हुन् । उच्च क्लासमा सानो जात मन पराउनेले चिहुवा पाल्न सक्छन् । ठूलोमा सेक्युरिटिमा रकेलर टाइपको कुकुर पाल्दा उपयुक्त हुन्छ । उनका अनुसार अहिले बजारमा ८ हजारदेखि ५०–६० हजार रूपैयाँ पर्ने कुकुर बढी पाइन्छ । यीमध्ये ८–२५ हजार मूल्यका कुकुरको माग बढी रहेको उनको अनुभव छ । उनका अनुसार अहिले कुकुर पाल्ने संस्कृति नेपालमा २५–३० प्रतिशतले बढेको छ । धनीले मात्र पाल्ने विगतको मान्यता पनि अहिले भत्किएको छ ।

विदेशिएका युवा यही क्षेत्रमा अटाउने सम्भावना पनि शाहले देखेका छन् । उनका अनुसार, यो क्षेत्रमा कोही प्रवेश गर्न चाहन्छ भने स्पेस खाली छ । तर त्यसका लागि हचुवाको भरमा नभई अध्ययन गरेर आउन उनको सुझाव छ । ‘यो क्षेत्रमा प्रशस्त सम्भावना छ । किनभने यसको आकार बढ्दो छ । यदि कोही व्यक्ति यो क्षेत्रमा आउन चाहन्छ भने रेखदेख, खानपिन, केयरिङलगायत ज्ञान भने जरुरी हुन्छ ।’
कन्फ्युजनमा सरकार
शहरमा कुकुर उत्पादन गरिबले र खरिद धनीले गर्छ । यसले देशको पैसा देशभित्रै रोटेसन भइरहेको छ । शाह यो व्यवसायलाई हेर्ने सरकारी नजरीया भने खोटो रहेको औंल्याउँछन् । उनका अनुसार कु्कुर व्यवसायीसँग लिनेबेला जनावर र दिने बेला भने पेटको व्यवहार हुँदै आएको छ ।
‘चार खुट्टेलाई जनावर भनिन्छ भन्ने पशुसेवा विभागको नियममा छ । तर कुकुर जनावरमा पर्दैन,’ उनले भने, ‘जनावरको इन्सुरेन्स गर्नेमा कुकुर पर्दैन, लोनमा पनि पर्दैन । तर आहारलगायतमा सम्पूर्ण सामान आयात गर्दा जनावरकै रुपमा क्म्वारेन्टाइन भर्नुपर्छ । नेपालमा पेट फुडको क्वारेन्टाइन क्लियर गर्नुपर्छ । अरु सरकारले दिने फ्यासिलिटीमा पर्दैन । कुकुर जनावर हो कि होइन भन्नेमा क्लियर हुन जरुरी छ,’ उनको सरकारसँग गुनासो छ ।

(भेट टाइम्स मासिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *