‘विश्व प्रोटिन दिवस २०२६’ मनाइँदै

काठमाडौँ । १५ फागुन २०८२ (फेब्रुअरी २७, २०२६) मानव स्वास्थ्यमा प्रोटिनको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित भक्तपुरमा ‘विश्व प्रोटिन दिवस २०२६’  रूपमा मनाइने भएको छ। भक्तपुरको थिमि स्थित चारदोबाटो, थिमि व्याङ्क्वेटमा आयोजना हुने उक्त कार्यक्रम नेपाल दाना उद्योग संघ को आयोजनामा तथा युनाइटेड स्टेट्स सोयाबिन एक्सपोर्ट काउन्सिल को सहयोगमा सम्पन्न हुने आयोजकले जनाएको छ।

नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटा का अनुसार कार्यक्रममा प्रोटिनको उपलब्धता, पहुँच र यसको सही प्रयोगबारे व्यापक छलफल गरिनेछ। संघका अध्यक्ष उमेश सापकोटाको अध्यक्षतामा हुने कार्यक्रममा भक्तपुर नगरपालिका का मेयर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। विशेष अतिथिका रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्य र पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल को उपस्थिति रहनेछ।

कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघ, नेपाल लेयर्स कुखुरा पालक संघ, नेपाल पशुपन्छी औषधि व्यावसायी संघ तथा नेपाल भेटेरिनरी एसोसिएशनका प्रतिनिधिहरूको पनि सहभागिता रहने जनाइएको छ।

आयोजकका अनुसार कार्यक्रममा दुईवटा प्यानल छलफल समावेश गरिएका छन्। पहिलो सत्रमा सरकारी निकायका प्रतिनिधि तथा विषय विज्ञहरूबीच प्रोटिनको उपलब्धता, पहुँच र गुणस्तरका विषयमा छलफल हुनेछ भने दोस्रो सत्रमा फिटनेस विज्ञ, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रभावशाली व्यक्तिहरूबीच प्रोटिनको आवश्यकताबारे बहस गरिनेछ। कार्यक्रमको समापनमा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष नारायण हरि खत्री तथा प्रमुख अतिथिले समापन मन्तव्य राख्नुहुनेछ।

‘नेपाललाई ऊर्जावान बनाऔँ : सही प्रोटिन, सही तरिका’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रमले नेपालमा प्रोटिनको उपलब्धता र यसको सही प्रयोगबारे सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि ‘स्मार्ट क्याजुअल’ ड्रेस कोड तोकिएको आयोजकले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *