अण्डाको समर्थन मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुनेगरी अण्डाको समर्थन बिक्री मूल्य बढाएको छ। संघको काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकबाट अण्डा उत्पादक किसानको सिफारिसका आधारमा मूल्य समायोजन गरिएको हो।

संघका अनुसार ठूलो (XL) अण्डाको फार्म मूल्य प्रतिक्रेट रु ४४५, ठूलो अण्डाको रु ४२५ र मिडियम अण्डाको रु ३७५ निर्धारण गरिएको छ। नयाँ मूल्य आजदेखि लागू हुने जनाइएको छ।

संघले चितवनलाई आधार मानी अण्डाको समर्थन बिक्री मूल्य तोकिएको स्पष्ट पारेको छ। चितवनबाट लोड भई देशभर अण्डा बिक्री–वितरण गर्दा डिपोमा पुग्दा भाडा, कार्टुन र क्रेट खर्चसहित प्रति पेटी रु २३० थप लाग्ने संघले जनाएको छ।

दाना, ढुवानी, श्रम तथा अन्य उत्पादन लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको संघको भनाइ छ। हाल प्रतिगोटा अण्डाको औसत उत्पादन लागत रु १९ रुपैयाँ १२ पैसा पुगेको संघले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *