नेपाल भेटेरिनरी एशोसिएसन, बागमती प्रदेशको नयाँ नेतृत्व चयन

चितवन ।नेपाल भेटेरिनरी एशोसिएसन, बागमती प्रदेशको चौथो साधारण सभा तथा अधिवेशन यही २०८१ सालको चैत ३० गते चितवनको सौराहामा सम्पन्न भएको छ। उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।
अध्यक्ष पदमा डा. निमेश खनाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा डा. संजय पौडेल चयन भएका छन्। यस्तै, सचिवमा डा. हरि अधिकारी, सह–सचिवमा डा. सरोज बिष्ट र कोषाध्यक्षमा डा. अनिश पाठक विजयी भएका छन्।
सदस्यहरुमा डा. मनिषा घिमिरे, डा. सुबोध शाह शंकर, डा. अविनास ठाकुर, डा. अनिश बल्छौडी, डा. अशोक भुषाल र डा. आशा श्रेष्ठ निर्वाचित भएका छन्।
नव निर्वाचित कार्यसमितिले बागमती प्रदेशमा भेटेरिनरी सेवा र पशु स्वास्थ्य क्षेत्रको उन्नयनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया