पशुपन्छी औषधि व्यवसायी संघ बागमती प्रदेश अधिवेशन :अध्यक्षमा थापा र सुवेदीको दावेदारी

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा संघको सबैभन्दा शक्तिशाली पिलर मानिने बागमती प्रदेशको अधिवेशनले व्यवसायीको ध्यान खिच्न थालेको छ ।

आगामी पौष ६ गते बागमती प्रदेश समितिको अधिवेशन हुने भएपछि व्यवसायीको ध्यान यसतर्फ आकर्षित भएको हो । बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजना हुने चौथो अधिवेशन तथा छैठौं वार्षिक साधारणसभाले आगामी नयाँ कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीसँगै सदस्य चयन गर्नेछ ।

केन्द्रीय अधिवेशनलाई समेत प्रभाव पार्ने बागमती प्रदेशको नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष देवीलाल सुवेदी र सचिव ईश्वर थापाले दाबेदारी प्रस्तुत गरेका छन् ।

काठमाडौंका व्यवसायी थापा र चितवनलाई कर्मथलो बनाएका सुवेदीले उम्मेदवारी प्रस्तुत गर्दै आ–आफ्ना एजेण्डा व्यवसायीमाझ प्रस्तुत गरिरहेका छन् ।

व्यावसायी थापाले व्यावसाय गर्नको लागी ओरिन्टेशनको (तालिम)लाई नियमित गर्न पहल गर्ने र व्यावसायीको हकहित स्थापित गरि व्यावसाय सञ्चालन गर्ने वातावरण बनाउ भन्दै अध्यक्षमा विजयी बनाएको खण्डमा त्यसको वातावरण निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

अर्का व्यवसायी सुवेदीले भने आयात, थोक र खुद्राको चेनमा भइरहेको अस्वस्थ प्रतिस्पर्धालाई व्यवस्थापन गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश कार्यालयसम्बन्धमा बहस चलाउने सोच पनि उनको छ । यो संगठनभित्र अहिले प्रदेश कार्यालय हेटौंडा र काठमाडौंमध्ये कहाँ राख्ने भन्ने बहस छ ।

नेपाल पशुपन्छी औषधि व्यवसायीको हालसम्मको प्रचलनमा प्रदेश समितिमा नयाँ कार्यसमितिका लागि निर्विरोध निर्वाचित गर्ने प्रचलन छ । त्यसैले अध्यक्षमा दुई व्यवसायीले आकांक्षा प्रस्तुत गरे पनि अन्तिममा यस पटक पनि चुनाव नहुने र सहमतिमा नेतृत्व चयन हुने आँकलन गरिएको छ ।

यसैबीच, सर्वसम्मत नेतृत्व चयन गर्न केन्द्रीय तहका केही व्यवसायी जुटेका छन् । काठमाडौं केन्द्रित आयात तर्फका ठूला व्यावसायीले थापालाई नै अध्यक्ष बनाउँदा उपयुक्त हुने भन्दै लबिङमा छन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका सुवेदीलाई अर्को कार्यकालको लागी अध्यक्षको सुनिचिश्चता वा केन्द्रिय कमिटीको कार्यसमिती सदस्यमा एड्जस्ट गरेर भएपनी थापाको नेतृत्वमा बन्ने कार्य समितिको सूची तयार भएको नेपाल पशुपन्छी औषधि व्यावसायी संघ बागमती प्रदेश समितिका एक पुर्व अध्यक्षले भेटखबर संग बताए ।

उनले भने ¨यस पटक ईश्वरजीलाई दिने र अर्को पटक सुवेदीजी लाई अध्यक्ष बनाउनेकी भन्ने बारे मोटामटी सल्लाह भएको छ ,हेरौ पर्सी सम्म¨,यद्यपी उनले थापा र सुवेदी दुवै राम्रा व्यावसायी भएकोले यसमा आफ्नो नाम उल्लेख नगरी दिन आग्रह गरेका छन् । व्यवसायीबीच चलेको चर्चाअनुसार केन्द्रीय कमिटीमा एड्जस्टका लागि अध्यक्षमा सुवेदीको तुरूप चितवन केन्द्रिय व्यावसाबाट फ्याँकिएको हो ।

यता, उपाध्यमा टीका तिवारी, सचिवमा मनिषराज भट्राई र विष्णु श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *