पशुपन्छी क्षेत्रका १२ संघसंगठनद्वारा शून्य बजेटविरुद्ध चरणबद्ध आन्दोलन घोषणा
काठमाडौँ । सरकारले पशु सेवा विभागअन्तर्गतका सरकारी नियकाहरुलाई बजेट शून्य बनाएको विरोधमा पशुपन्छी तथा मत्यस्य क्षेत्रसँग सम्बन्धी १२ वटाभन्दा बढी संघसंगठनले ४ भदौबाट चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गर्ने जनाएका छन् । आइतबार पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो जानकारी गराएका हुन् । चालू आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सरकारले पशु सेवा विभागअन्तर्गतका करिब २० वटा निकायमा कुनै पनि कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छैन । बजेट विनियोजन नगर्दा ती निकायले साविकका कुनै कार्यक्रम तथा सेवा प्रवाह अघि बढाउन सकेका छै्रनन् भने साढे ३ सय भन्दा बढी कर्मचारी कामविहीन अवस्थामा रहेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री, मन्त्रालयका सचिव तथा पशु सेवा विभागको नेतृत्वले पनि ती निकायलाई बजेट विनियोज गर्न सरकारलाई दबाब दिने आश्वासन दिएको भए पनि चालू आर्थिक वर्षको एक महिना वितिसक्दा पनि बजेट निकासा गराउन नसकेको भन्दै सरोकारवाला निकायका संघसंगठन विरोधमा उत्रिएका हुन् ।
पत्रकार सम्मेलनमा उनीहरुले घोषणा गरेको चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत ४ र ५ भदौमा पशुपन्छी तथा मत्स्य क्षेत्रका निकायका सेवाप्रदायकले हातमा कालोपट्टी बाँधेर काम गर्ने भएका छन् । त्यस्तै ६ देखि १० भदौसम्म अत्यावश्यकबाहेकका सबै सेवा ठप्प पार्ने, पेन डाउन गर्ने, धर्ना र जुलुस गर्ने कार्यक्रमको घोषणा गरिएको छ । ११ गतेपछि जिम्मेवार निकायका प्रमुखहरुको राजीनामा माग्ने, भेटेरिनरी सेवाहरु बन्द गर्ने, क्वारेन्टाइन प्रमाणपत्र र भेटेरिनरी प्रमाणपत्र जारी गर्न बन्द गर्ने, आयात निर्यात सिफारिस बन्द गर्ने तथा सरकारी र निजी क्षेत्रले प्रवाह गर्ने यस क्षेत्रका सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
प्रतिक्रिया