मेडिभेटलाई डब्लुएचओ जिएमपी ,नेपाली कम्पनीलाई विश्वभर उत्पादन निर्यात गर्ने ढोका खुला
काठमाडौं । पशुपन्छी औषधि तथा फिड सप्लिमेन्टको गुणस्तर समस्या पेचिलो बनिरहेका बेला एक नेपाली पशुपन्छी औषधि उत्पादक कम्पनीले नेपालमै पहिलो पटक जिएमटी प्रमाणपत्र प्राप्त गरेको छ । चाँगुनारायण–३, भक्तपुरमा रहेको मेडिभेट फर्मास्युटिकल्स प्रालिले औषधि व्यवस्था विभागबाट यो प्रमाणपत्र पाएको हो । डब्लुएचओ जिएमपी औषधि उद्योगको उत्पादन स्थल, गुणस्तर र उपभोक्ता मूल्यलाई मल्यांकन गरेर प्रदान गरिने प्रमाणपत्र हो । अर्को देशमा औषधि निर्यातका लागि यो प्रमाणपत्र आवश्यक पर्छ । योसँगै मेडिभेटलाई विश्वभर आफ्ना उत्पादन निर्यात गर्ने ढोका खुलेको छ ।
मेडिभेटका सञ्चालक दीपक दाहाल हुन् । उनी औषधि उत्पादक संघ नेपालका पूर्व अध्यक्षसँगै स्वास्थ्य मन्त्रालयको औषधि सल्लाहकार समितिका सदस्य हुन् ।
यही मार्च १ मा मेडिभेटलाई सर्टिफिकेट अफ गुड म्यानुफ्याक्चरिङ प्राक्टिस प्रदान गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।
गुणस्तरहीन प्रमाणित गर्नेलाई एक लाख पुरस्कार
मेडिभेटका सञ्चालक दाहालले आफ्नो उद्योगले गुणस्तरमा कहिल्यै सम्झौता नगरेको बताए । उनले आफ्नो उद्योगको उत्पादनलाई कसैले गुणस्तरहीन प्रमाणित गरेको अवस्थामा एक लाख पुरस्कार दिने घोषणासमेत गरे ।
‘हाम्रो उत्पादनमा शंका लागेर जोकोही उपभोक्ताले प्रयोगशालामा परीक्षणका लागि पठाउनुभयो भने त्यसको शुल्क त हामी व्यहोर्ने छौं नै गुणस्तरहीन पाइएमा एक लाख पुरस्कारसमेत दिन्छौं,’ उनले भने ।
https://www.facebook.com/vet.times/videos/2114190418759116
प्रतिक्रिया