‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
काठमाडौं । कृषकहरूलाई लक्षित गरी सरकारले ‘उत्पादन साथमा, अनुदान हातमा’ नयाँ कार्यक्रम घोषणा गरेको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
उनका अनुसार, किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रमले मद्दत गर्नेछ ।
अर्थमन्त्री महतले कृषि अनुदान किसानमैत्री बनाइने जानकारी पनि दिए । प्रदेश सरकारले पनि अनुदानलाई संघीय सरकारकै नीतिअनुरूप वितरण गर्ने विश्वास उनले व्यक्त गरे ।
‘बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदानबाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने छ,’ अर्थमन्त्री पौडेलले भने ।
अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन मसान्तभित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गरिने पनि उनले जानकारी दिए ।
यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग हुने उनको विश्वास छ ।
पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ।
पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब ६ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन्।
प्रतिक्रिया