पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा प्रकाश श्रेष्ठ

काठमाडौँ । नेपाल पशुपन्छी औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् । बुटवलमा शुक्रबार सम्पन्न प्रदेशको तेस्रो अधिवेशन तथा छैठौँ साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको ३ उपाध्यक्षहरुमा आयाततर्फ विष्णुप्रसाद भण्डारी, थोकतर्फ विकास गौतम र खुद्रातर्फ खिमलाल खनाल चयन भएका छन् ।

त्यस्तै सचिवमा दीपेन्द्र बराल, सहसचिवमा मोती पोख्रेल, कोषाध्यक्षमा आशा राना खनाल चयन भएका छन् ।
महिला सदस्यमा जानकी गैरे, खुला सदस्यमा सूर्य भट्टराई चयन भएका छन् ।
सदस्यहरुमा प्रज्वल सुवेदी, जंगबहादुर बराल, शिवलाल शर्मा र छोटीलाल चौधरी चयन भएका छन् ।
सबै पदमा एकल उम्मेदवारी परेपछि नयाँ कार्यसमितिका सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *