भेटेरिनरी एशोसिएशन लुम्बिनी प्रदेश समितिको अध्यक्षमा युवराज पन्थ निर्वाचित
बुटवल । नेपाल भेटेरिनरी एशोसिएसन लुम्बिनीको प्रदेश समितिको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
एशोसिएसनको बुटवलमा शनिबार सम्पन्न तेस्रो साधारण सभा एवं अधिवेशनले डा. युवराज पन्थको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. सुमनकुमार सिंह, सचिवमा डा. भरत काफ्ले, सह सचिवमा डा. अविनाश क्षेत्री र कोषाध्यक्षमा डा. अशोक पराजुली निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा डा. मदन भण्डारी, डा. कृष्णा खडका, डा. सुमित सिंह जिसी, डा. केशव लम्साल, डा. पवन पाण्डे र डा. माधव रावत निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. शीतल काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रादेशिक समिति अध्यक्ष डा. वसन्त आचार्यको सभापतित्व रहेको थियो ।
नेपाल भेटेरिनरी एशोसिएसन देशभित्र र देशबाहिर छरिएर रहेका पशु चिकित्सकहरूको पेशागत हकहित र मर्यादाको संरक्षण र सम्बर्द्धन गर्न स्थापित छाता संगठन हो ।
प्रतिक्रिया