हेफरको पहलमा प्रभुले दिने भयो साना किसानलाई सहुलियत कर्जा
काठमाडौं । प्रभु बैंकले झण्डै एक हजार पाँच सय युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने भएको छ ।
हेफर इन्टरनेशनल नेपालसँगको सम्झौताअनुसार प्रभुले साना किसान, युवा र महिला उद्यमीका लागि सहुलियत कर्जा दिने भएको हो ।
प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरूका लागि मूल्य श्रृंखलामा लगानीसम्बन्धी सम्झौतामा बिहीबार मात्र हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफरका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे ।
युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तार गर्न सुलभ कर्जा उपलब्ध गराउन लागिएको हेफरले जनाएको छ ।
सम्झौताअनुसार, कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रहरू जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य श्रृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानले सहज वित्तीय कर्जा लिएर लाभ हासिल गर्न सक्नेछन् ।यो कर्जा कृषि सहकारी र स्थानीय सरकारको
सिफारिसमा उपलब्ध गराइने जनाइएको छ । यो सेवा बैंकको ६२ जिल्लामा विस्तारित शाखाहरूबाट लिन सकिनेछ ।
हेर्नुहोस सम्झौतामा के छ ?