५५ औं वर्षमा प्रवेश गर्यो एनभिए, साँझ माइतीघर र त्रिपुरेश्वरमा कार्यक्रम

काठमाडौं ।नेपाल भेटेरिनरी एसोसिएसन(एनभिए) आजदेखि ५५ औं वर्षमा प्रवेश गरेको छ ।

भेटेरियनहरूको छाता संस्थाका रूपमा ११ असार ०२४ मा वैज्ञानिक र व्यावसायिक संस्थाका रूपमा एनभिएको स्थापना भएको थियो । यसको औपचारिक दर्ता भने १३ फागुन २०२५ मा भएको थियो । तथापि, एसोसिएसनले ११ असारलाई आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।

२९ विदेशीसहित ९६५ भेटेरियनहरू एनभिएमा आबद्ध रहेको उसको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

साँझ माइतीघर र त्रिपुरेश्वरमा कार्यक्रम
यसैबीच, एनभिएका सचिव डा. रामचन्द्र सापकोटाले स्थापना दिवसले सबैलाई पेसाको गरिमा र उचाइ बढाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन् ।

डा. सापकोटाका अनुसार, वार्षिकोत्सवका अवसरमा शनिबार देशभर विविध कार्यक्रम हुँदैछन् ।

उपत्यकामा रहेका भेटेरिएनका लागि साँझ ५ः३० बजे त्रिपुरेश्वर र माइतीघर मण्डलामा कार्यक्रम छ । सचिव डा. सापकोटाले यो कार्यक्रममा उपस्थित हुन सबैमा आग्रह गरेका छन् ।

उपत्यकाबाहिर पनि प्रदेश कमिटीले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तय भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *