दाना संघको साधारणसभा सकियो, महाधिवेशनले नेतृत्व चुन्दै

काठमाडौं । नेपाल दाना उद्योग संघको साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष रवीन पुरीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

संघको विधानमा हरेक वर्ष साधारणसभा गर्नुपर्ने उल्लेख छ । तर कोभिड–१९ महामारीका कारण पछिल्ला दुई वर्ष साधारणसभा प्रभावित भएको थियो । त्यसैगरी, संघले आज नै महाधिवेशन पनि सम्पन्न गर्दैछ ।

कार्यक्रममा संघका नयाँ सदस्यकारुपमा थपिएका व्यावसायीलाई स्वागत एवं कार्यसमितिको कार्यकाल सफल बनाउन भूमिका खेल्ने व्यावसायीलाई अध्यक्ष रवीन पुरीले सम्मान  गरेका थिए।

अधिवेशनले आगामी कर्याकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेपालमा पोल्ट्री व्यावसायले देशको कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशतको हाराहारमिा योगदान पुर्याउनुका साथै २ लाख जनशक्तिलाई स्वदेशमा रोजागारी सिजर्ना गरिरहेको छ । पाँच दशक अगाडिदेखि घरेलु साना हाते औजारबाट शुरु भएको यो उद्योग अहिलेको अवस्थामा पूर्ण स्वचालित एवं अत्याधुनिक प्रविधिबाट दाना उत्पादन गर्ने अवस्थामा पुगेको छ ।

यद्यपि, दाना बनाउन आवश्यक पर्ने कच्चा पदार्थमा भने नेपाल आयातमै भर पर्ने गरेको छ । आ.व. ०७८÷७९ मा समेत नेपालले दाना बनाउन आवश्यक पर्ने मकै र भटमासका गरी करिब ३५ अर्बको कच्चा पदार्थ आयात गरेको थियो ।

संघका महाचिव केशवराज थापाले १ खर्ब ५० अर्बको हाराहरीमा नेपालको दाना उद्योग रहेको उल्लेख गर्दै कुखुराको मासु तथा अण्डामा नेपाल आत्मनिर्भर भएको बताए । बंगलादेशले भटमासको पिनामा निर्यात प्रतिबन्ध लगाउँदा राजदूतलगायतसँग पहल गरेर संघले त्यसलाई फुकुवा गराएको उक्त अवसरमा स्मरण गरे । नेपाल दाना उद्योग संघको चितवनमा शाखा कार्यालय खोल्न ३० लाख र र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा १० लाख रूपैयाँ सहयोग गरेको जानकारी पनि उनले उक्त अवसरमा दिए ।

कार्य समितिको प्रस्ताव सर्वसम्मत पारित

यसैबीच संघको साधारणसभाले कार्य समितिको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । संघका महासचिव केशवराज थापाले प्रस्तुत गरेको १८ बुँदे प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो ।

यस्तो छ, सभामा पेश भएका प्रमुख प्रस्तावहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *