ह्याचरी उद्योग संघ, वाग्मतीको अध्यक्षमा अधिकारी

काठमाडौं । नेपाल ह्याचरी उद्योग संघ, वाग्मती प्रदेशको अध्यक्षमा परशुराम अधिकारी चयन भएका छन् । शुक्रबार सम्पन्न संघको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अधिकारी नेतृत्वको नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षको जिम्मेवारी मनोज रानाभाटले पाएका छन् । त्यसैगरी, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः शिवराज उप्रेती, हरिकृष्ण खनाल र पुरु खनाल छानिएका छन् ।

अधिवेशनले पाँच सदस्य पनि चयन गरेको छ । जसमा दीपेश श्रेष्ठ, घनश्याम पौडेल, सुनील ढकाल, अजयचन्द्र केसी र रञ्जन पुरी छन् ।

अधिवेशनको उद्घाटन पशु सेवा विभागका महानिर्देशक डा.राम नन्दन तिवारीले गरेका थिए । शुभकामना मन्तव्य राख्दै उनले नेपालको पोल्ट्री व्यवसाय अप्ठ्यारो मोडमा पुगेको उल्लेख गरे ।
उनले कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भए पनि कच्चा पदार्थ उत्पादनमा परनिर्भरता कायम रहेको बताउँदै यसलाई घटाउन राज्यले प्रयास गरेको तर नतिजा नआएको प्रष्ट पारे ।

कार्यक्रममा ह्याचरी संघका विभिन्न पदाधिकारीले समस्याबारे बोलेका थिए । महानिर्देशक तिवारीले व्यवसायीको समस्याबारे सरकारको ध्यानाकर्षण भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *