लोकसेवाको विज्ञापनले पशु चिकित्सकको अपमान गर्याे : शीतलकाजी

काठमाडौं । भेटेरिनरी एसोसिएनसनले लोक सेवा आयोगको विज्ञापनप्रति आपत्ति जनाएको छ ।

बागमती प्रदेश लोक सेवा आयोगले पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति एसोसिएसनले सोमबार आपत्ति जनाएको हो । एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा योग्यताप्रति असहमति जनाइएको छ ।

वागमती प्रदेश लोक सेवा आयोग, हेटौंडाले यही माघ १० गते ७ स्थानीय तहमा छैठौं तहमा ‘पशु चिकित्सक’ माग गरेको थियो । जसको शैक्षिक योग्यता स्नातक तोकिएको छ । एसोसिएसनले त्यसको योग्यताप्रति असहमति जनाएको हो । आयोगको विज्ञापनबाट पशु चिकित्सा व्यवसायको मर्यादामै आँच आएकाले पशु चिकित्सक कम्तीमा सातौं तहको हुनुपर्ने उसको भनाइ छ ।

‘आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमामय निकायबाट पटक–पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य भएकोमा खेद व्यक्त गर्दछौं,’ श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहाेस् विज्ञप्ति

लोकसेवाको विज्ञापनले पशु चिकित्सकको अपमान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *