एनभीएमएसआरए ले गर्यो वनभोजसँगै अन्तरक्रिया
काठमाडौं । नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि (एनभीएसएसआरए) संघले शनिबार आफ्ना सदस्यसँग भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रमको गरेको छ । उपत्यकाभित्र उपलब्ध सदस्यको उपस्थितिमा संघले अन्तरक्रिया तथा वनभोज कार्यक्रम गरेको हो ।
कार्यक्रममा ५० प्रतिनिधि सहभागी थिए । उनीहरूमध्ये अधिकांशले अधिवेशन आयोजनाको चाहना व्यक्त गरेको एनभीएमएसआरका अध्यक्ष सुरज मगरले जानकारी दिए ।
कार्यक्रममा भेटेरिनरी औषधिको अवस्था, बजार प्रतिनिधिको भूमिकालगायत विषयमा पनि छलफल भएको मगरले बताए ।
नेपालमा पशुपन्छी औषधिको ८५ प्रतिशत हिस्सा विदेशी कम्पनीको छ । बजार प्रतिनिधिको हकहितसँगै आयातकर्ता तथा औषधि उत्पादकलाई रचनात्मक सन्देश दिनु मूल सङ्कल्प रहेको अध्यक्ष मगर सुनाए ।
तिलितो ग्रुपका भेटेरिनरी प्रमुख बजार प्रतिनिधि प्रकाश पराजूलीले कार्यक्रम बजार प्रतिनिधिबीच भाइचारा सम्बन्ध स्थापित गर्नु लाभदायक भएको बताउँछन् । सामूहिक रूपमा लडेको खण्डमा कुनै पनि कम्पनीले प्रतिनिधिलाई गर्ने सामान्य अधिकारको ग्यारेन्टी गर्ने भएकोले यसमा सशक्त रूपमा सबै जना लाग्नुपर्ने आवश्यकता उनले औंल्याए ।
भेटघाट तथा वनभोज कार्यक्रममा विभिन्न किसिमका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।