नेभ्लामा फेरि मेहता
काठमाडौं । नेपाल पारा भेटेरिनरी (नेभ्ला) को अध्यक्षमा रामप्रसाद मेहता पुनः निर्वाचित भएका छन् ।
यही पुस ७ देखि ९ गतेसम्म चलेको नेभ्लाको दशौं राष्ट्रिय महाधिवेशनले मेहतालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।उनको पहिलो कार्यकाल सशक्त भएपछि पुनः दोहोर्याइएको बताइन्छ ।
वरिष्ठ उपाध्यक्षमा डम्बरबहादुर बम चयन भएका छन् ।
समावेशी तथा खुलातर्फका ११ उपाध्यक्ष पनि निर्विरोध चयन भएका छन् । जसमा काजीबहादुर श्रेष्ठ (खुला), धर्मराज धिमाल (उपत्यका), गीता धमला (महिला), उमाकान्त चापागाई (निजी), योगेन्द्रप्रसाद यादव (प्रदेश १), परमेश्वर यादव (प्रदेश २), मुकुन्दकुमार खड्का (वाग्मती प्रदेश), नवराज अधिकारी (गण्डकी प्रदेश), हुमाकान्त पाण्डे (लुम्बिनी प्रदेश), प्रकाश पाण्डे (कर्णाली प्रदेश) र धनबहादुर चौधरी (सुदूरपश्चिम प्रदेश) छन् ।
विश्वेश्वरप्रसाद यादव महासचिव बनेका छन् ।
तीन उपमहासचिवमा योगेन्द्रप्रसाद शर्मा, सीताराम ओली र कमल विश्वकर्मा छानिएका छन् ।
सचिवमा श्याम सिंह खड्का, कोषाध्यक्षमा हरिलाल कँडेल र सहकोषाध्यक्षमा चीनाकुमारी लामाको पल्लाभारी भएको छ ।
प्रदेश सचिवमा प्रदेश १ सचिवमा दीपकबाबु सिंह, प्रदेश २ प्रभुकान्त झा, वाग्मती प्रदेश साजन कार्की, गण्डकी प्रदेश पुष्पराज बास्तोला, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा रमेशकुमार केसी र सुदूरपश्चिममा मानवबहादुर राना चयन भएका छन् ।
नेम्ला पशुपन्छी स्वास्थ्यकर्मीहरूको हितखातिर खडा संगठन हो । उसले यस महाधिवेशनको नारा ‘आर्थिक समृद्धिका लागि सम्पूर्ण भेटेरिनरी प्राविधिकहरूको एकता, गैरराजनैतिक भूमिकासहितको संस्था निर्माण हाम्रो प्रतिबद्धता’ दिएको थियो ।
राजधानीको वल्र्ड ट्रेड सेन्टरमा बुधबार बिहान उद्घाटन भएर तीन दिनसम्म चलेको महाधिवेशनको उद्घाटन सत्रको प्रमुख आतिथ्यता कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवगरेका थिए ।
निर्वाचित कार्यसमिति