पूर्वीचितवनमा आएको बाढीले पोल्ट्री व्यवसायमा लाखौंको क्षति
चितवन ।कोभिड–१९ महामारीबाट प्रभावित चितवनका कुखुरापालक कृषकले अविरल वर्षापछिको बाढीले थप क्षति व्यहोरेका छन् । ०७८ असार १६ र १७ गतेको अवरिल वर्षाका कारण पूर्वी चितवनका झण्डै आधा किसानले क्षति व्यहोरेका हुन् ।
कुखुरापालक किसान ध्रुव अधिकारीको मात्रै १५ लाख बढीको क्षति भएको छ । महामारीले व्यवसाय धराशयी बनिरहेका बेला बाढीले थप नोक्सानीमा पारेको अधिकारीले बताए ।
त्यसैगरी, रिजन पोल्ट्री एण्ड मार्केटिङका रूपेश अधिकारीको ६५० केजी कुखुरा, २ वटा डिप फ्रिज, पिन्टर, कुखुरा भुत्ल्याउने मेसिन, खातापातालगायत बाढीले बगाएको छ ।
प्रमोद बिसुरालले पालेका २५०० लेयर्स कुखुरा मरेको शिवप्रसाद बरालले जानकारी दिए । पोल्ट्री व्यवसायीहरूले पूर्वीचितवनमा बाढीले पुगेको नोक्सानीप्रति दुःख व्यक्त गर्दै पीडित किसानलाई क्षतिपूर्तिलगायत सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।