वैशाख १ गतेबाट दानाको बोरामा अधिकतम खुद्रा मूल्य उल्लेख गर्न अनिवार्य

काठमाडौं । नेपाल दाना उद्योग संघले उद्योहरुले उत्पादन गर्ने दानाको बोरामा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्न दाना उत्पादक व्यवसायीलाई आग्रह गरेको छ ।

उत्पादन गरिने बोरामा एमआरपी राख्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पत्र संघलाई प्राप्त भइसकेको र यसका लागि आवश्यक कानुन समेत बनिसकेकोले २०७८ साल वैशाख १ गतेदेखि बारोमा दानाको मूल्य अनिवार्य रुपमा उल्लेख गर्न संघले सबै व्यवसायीलाई आग्रह गरेको हो ।

यसअघि दानाकाे बाेरामा अधिकतम मूल्य उल्लेख गर्न अनिवार्य गरिएकाे थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *