बामदेव गौतम नेतृत्वको किसान महासंघ नै आधिकारिक हो : महासंघ
काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतम नेतृत्वको अखिल नेपाल किसान महासंघले एक प्रेस वक्तत्व जारी गर्दै आफू नै आधिकारिक जनसंगठन भएको दाबी गरेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई २०७५ जेठ ३ गते बनेको नेकपालाई खारेज गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेकै अवस्थामा फकाई दिएपछि एमालेको जनसंगठनको रुपमा रहेको अखिल नेपाल किसान महासंघ पुनर्जीवित भएको महासंघको दाबी छ । नेता बामदेव गौतम नै अध्यक्ष रहेकोले उनकै अध्यक्षमा रहेको महासंघ आधिकारिक हुने महासंघको दाबी छ । यस्तो अवस्थामा गौतमबाहेकको अर्को गुटले आफूलाई महासंघ भएको दाबी गर्दै भेला गरेकोमा महासंघले विज्ञप्ती निकालेर विरोध गरेको छ ।
महासंघका सचिव डिबि कार्कीद्वारा जारी विज्ञप्तीले ६ चैतमा अध्यक्ष गौतमको नृत्वमा महासंघको बैठक बसेको र उक्त बैठकले चाँडै राष्ट्रिय समितिको बैठक बोलाउने निर्णय गरिएको पनि जानकारी गराइएको छ ।
यस्तो छ वक्तव्य