कुखुराको दानामा प्रतिकेजी साढे २ रुपैयाँ मूल्यवृद्धि

काठमाडौं । नेपाल दाना उद्योग संघले बुधबारबाट ब्रोइलर, गिरिराज र लेयर्स कुखुराको दानाको मूल्य बढाउने भएको छ ।

फागुन २६ गते बुधबारदेखि लागु हुने गरी उक्त कुखुराका लागि उत्पादन गरिने दानामा प्रतिकेजी २ रुपैयाँ ५० पैसाका दरले मूल्य वृद्धि गर्न लागेको नेपाल दाना उद्योग संघका कोषाध्यक्ष उमेश सापकोटाले बताए । दानाका लागि आवश्यक कच्चा पदार्थ मकै र भटमासको पिनामा मूल्य बढेकोले मूल्य वृद्धि गरिएको कोषध्यक्ष सापकोटाको भनाइ छ ।

भटमासको पिनाको मूल्य ७८ रुपैयाँ प्रतिकेजीबाट बढेर ८६ रुपैयाँ प्रतिकेजी पुगे पनि आफूहरुले त्यसलाई प्रतिकेजी ८० रुपैयाँ मानेर दानाको मूल्य समायोजन गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *