नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा प्रकाश श्रेष्ठ

दाङ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार दाङमा सम्पन्न संघ प्रदेश कार्यसमितिको दोस्रो अधिवेशनले श्रेष्ठलाई निर्विरोध रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । अधिवेशनले ११ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशनले संघ प्रदेश कार्यसमितिको उपाध्यक्ष (थोक)मा गोविन्द पोखरेल, उपाध्यक्ष (खुद्रा)मा युवराज घिमिरेलाई निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै, सचिवमा राम प्रसाद पौडेल, सहसचिवमा मोती प्रसाद पोखरेल र कोषाध्यक्षमा दीपेन्द्र बराललाई निर्वाचित गरेको छ । सदस्यहरुमा जानकी गैरे, विष्णु प्रसाद भण्डारी, भक्तबहादुर सुनार, निरज पौडेल र मधुसुदन पण्डितलाई निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिका पदाधिकारीलाई कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष, केन्द्रीय पदाधिकारीहरु, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी तथा व्यवसायीले प्रमाणपत्रसहित अविर र खादा ओढाएर सम्मान गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पशुपन्छी औषधि व्यवसायीकाे हितमा अाफ्नाे कार्यकाल फलदायी बनाउने प्रतिवद्धता जनाएका छन् ।  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *