तारकेश्वरमा फेरि बर्ड फ्लु, कुखुरासहित साढे १५ हजार पन्छी नष्ट

काठमाडौं । काठमाडौंका तारकेश्वर नगरपालिका–१ मा फेरि बर्ड फ्लु देखिएको छ । उक्त स्थानका स्थानीयले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु प्रमाणित भएको पशु सेवा विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइएका छन् ।

बर्ड फ्लु देखिएको सो क्षेत्रका ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर कुखुरा, २ हजार ५ सय ४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई नष्ट गरिएको उनले जानकारी दिएकी छन् । त्यस्तै, ३ हजार ५ सय ७० अण्डा, ३ हजार केजी दाना नष्ट गरिएको छ ।

सो क्षेत्रमा पन्छी तथा पन्छीजन्य पदार्थको ओसारपसारलगायत कार्यमा ध्यान पु¥याउन पनि विभागले आग्रह गरेको छ । यसअघि पनि एक महिनाको बीमा तारकेश्वरमा २ प क बर्डफ्लु पुष्टी भइसकेको थियो । पछिल्लो समय सुर्खेतमा पनि बर्ड फ्लु देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *