अधिकृत छैटौं पदमा विज्ञापनबाट पदपूर्ति नगर्न बागमती प्रदेश लाेकसेवा आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बागमती प्रदेश लोक सेवा आयोग मकवानपुरलाई पशु चिकित्सक, पशु विकास अधिकृत तथा मस्या विकास अधिकृतमा दर्तावाल पशु चिकित्सकलाई अधिकृत छैटौं तहमा पदपूर्ति गर्ने प्रक्रिया अघि नबढाउन अन्तरीम आदेश जारी गरेको छ ।

एशोसिएसनका अध्यक्ष डा. शीतल काजी श्रेष्ठले अदालतमा दायर गरेको रिट निवेदन उपर छलफल गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो ।

साथै अदालतले उक्त पदमा पदपूर्ति गर्नुको कारणबारे समेत कारण देखाउ आदेश जारी गरेको छ । साथै दुबै पक्षलाई छलफलमा बोलाउने आदेश समेत दिएको छ ।

एशोसिएसनका अध्यक्ष श्रेष्ठले उक्त पद संघीयता कार्यान्वयनका सिलसिलामा समायोजकका लागि सिर्जना गरिएकोले अधिकृत छैटौं पदमा पशु चिकित्सकलाई दर्ता गर्नु नहुने भन्दै अदालतमा रिट निवेदन दायर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *