दुग्ध विकास संस्थानको अध्यक्षमा डा. निर्मल

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान सञ्चालक समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मललाई नियुक्त गरेको छ ।

केही दिनअघिको मन्त्रिस्तरीय निर्णयबाट कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले डा. निर्मललाई संस्थानको अध्यक्षमा नियुक्त गरेकी हुन् । यसअघि सहसचि डा. निर्मल संस्थानको बोर्डको सदस्य थिए ।

‘संस्थानको अध्यक्षमा बुधबार मेरो पदबहाली भएको छ,’ सहसचिव डा. निर्मलले भने, ‘संस्थानको अध्यक्षलाई नियमले प्रदान गरेको अधिकार प्रयोग संस्थानको नेतृत्व लिने छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *