तारकेश्वरमा फेरि देखियो बर्ड फ्लु

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्ड फ्लु देखिएको छ । दुई साताअघि मात्र पनि तारकेश्वर फुटुङका स्थानीयले पालेका टर्की र हाँसमा बर्ड फ्लु देखिएको थियो ।

उक्त स्थानमा देखिएको बर्ड फ्लु नियन्त्रणमा आएपपछि फेरी सोही नगरपालिकाको अर्को ठाउँमा बर्ड फ्लु देखिएको पशु सेवा विभागले पुष्टी गरेको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्ड फ्लु पुष्टि भएको हाे ।

विभागका अनुसार केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । परीक्षणपछि बुधबार बेलुका बर्ड फ्लु भएको पुष्टि भएको हो ।

बर्ड फ्लु पुष्टि भएसँगै ‘र्यापिड रेस्पोन्स टिम’ ले १ हजार ४ सय २१ हाँस र ४२ कुखुरा र २६ वटा अण्डा, ८ सय केजी दाना नष्ट गरिएको छ । बर्ड फ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको बताइएकाे छ ।

यसअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला फटुङका किसानले पालेका टर्की हाँसमा बर्ड फ्लु पुष्टि भएको थियो । बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

हेर्नुहाेस् विज्ञप्ति 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *