बर्ड फ्लु देखिएपछि काठमाडौंको तारकेश्वरमा नष्ट गर्न थालियो कुखुरा
काठमाडौं । काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका–७ फुटङ फाँटमा बर्ड फ्लुको संक्रमण देखिएपछि कुखुरा, हाँस लगायत पन्छी तथा पोल्ट्रीजन्य उत्पादन नष्ट गर्न थालिएको छ ।
उक्त क्षेत्रमा शुक्रबार बर्ड फ्लुदेखिएपछि शनिबार बिहानै देखि पोल्ट्रीजन्य उत्पादन नष्ट गर्न थालिको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए । तर यसबारे विस्तृत विवरण केही समयमा आउने समेत उनले बताएका छन् ।
कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि गत वर्षको चैत ११ बाट गरिएको लकडाउनका कारण व्यवसायीले नोक्सान व्यवहोर्नु परेको थियो । खासगरी कुखुरा पालक किसानले कुखुराको उचित मूल्य नपाउँदा घाटा व्यहोर्नु परेको थियो ।
त्यसपछि विस्तारै तंग्रिन थालेको पोल्ट्री क्षेत्रमा अहिले बर्ड फ्लु देखिएको हो ।
प्रतिक्रिया