प्रदेश लोकसेवा आयोग बागमतीको विज्ञापनप्रति भेटेरिनरी एशोसिएसनको आपत्ति

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले प्रदेश लोक सेवा आयोग बागमतीले गरेको अधिकृत छैटौं तहको विज्ञापनप्रति आपत्ति जनाएको छ । आयोगले १२ माघमा गोरखापत्रमा दैनिकमा गरेको ‘स्थानीय तहका विभिन्न अप्राविधि/प्राविधिक तर्फका अधिकृत छैटौं तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन’ प्रति आपत्ति जनाएको हो ।

भेटेरिनरी र लाइभस्टक, पोल्ट्री एन्ड डेरी डेभलपमेन्ट समूहमा समेत अधिकृत छैटौं पदमा विज्ञापन गरेको भन्दै एशोसिएसनले आपत्ति जनाएको हो । एशोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘कर्मचारी समायोजन ऐन २०७५ को दफा ७ को उपदफा (४) अनुसार साविकमा राजपत्र अनंकित प्रथम श्रेणीमा कार्यरत ५ वर्ष सेवा अवधि पुगेका र उक्त श्रेणीमा सेवा प्रवेश गर्दाका बखत न्युनतम शैक्षिक योग्यता पुगेका कर्मचारीलाई अधिकृत छैटौं तहमा समायोजन गरिएको हो । यसबाट स्वतः स्पष्ट हुन्छ कि छैटौं तह विज्ञापनबाट पदपूर्ति गर्न किसिमको पद होइन ।’

साथै उक्त पदका कर्मचारीको योग्यता पशु विज्ञानमा जुनियर टेक्निसियन वा प्रविणता प्रमाणपत्र तहको योग्यता साविकमा रहेकोमा हाल प्रदेश लोक सेवा आयोगले स्नातक तहको योग्यता राखेर गर्नै नमिल्ने विज्ञापन गरेको भन्दै एशोसिएसनले आपत्ति जनाएको छ ।

‘कर्मचारीको प्रोत्साहन स्वरुप समायोजनका लागि सिर्जना गरिएको सो पदमा प्रदेश लोक सेवा आयोगले गरेको विज्ञापनले पेशागत मर्यादामा आँच पुर्याएको महशुस गरी यसको घोर भत्सर्ना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो त्रुटि अविलम्ब सच्याइयोस् । अन्यथा कानुनी उपचारका लागि अदालतको ढोका ढकढक्याउन बाध्य हुने जानकारी समेत गराउँछौं ।’

यस्ताे छ विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *