एफएनसीसीआईको स्वास्थ्य तथा सीप विकास समितिमा पशुपन्छी औषधि व्यवसायी संघका पूर्व अध्यक्ष बडाल

काठमाडाैं । पशुपन्छी औषधि व्यवसायी संघका पूर्व अध्यक्ष हेमराज बडाल (ऋषि) नेपाल उद्याेग व्यवसायी महासंघ (फएनसीसीआई)को स्वास्थ्य तथा सीप विकास समिति सदस्यमा मनोनित भएका छन् ।

महासंघको कार्यकारिणी सदस्य हेमराज ढकालको अध्यक्षतामा गठन गरिएको स्वास्थ्य तथा सीप विकास समिति सदस्यमा महासंघले बडाललाई मनोनित गरिएको हो ।

कान्तिपुर फर्मास्युटिकल ल्याब प्रालि, कान्तिपुर भेट डिस्ट्रिब्युटर प्रालि, कान्तिपुर पोल्ट्री ब्रिडिङ फार्म प्रालि, युनिक कोल्ड स्टोर प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालि डिएसएम ग्लोबल कम्पनी प्रालि गरी आधा दर्जन कम्पनी बडालले सञ्चालन गरिरहेका छन् ।

लक्ष्यमा पुग्न मेहनत र परिश्रम दुबैको उत्तिकै महत्व रहेको बताउने बडाल व्यवसाय गर्दा एक पटक घाटा लाग्यो भन्दैमा आत्तिनु नहुने बताउँछन् । घाटा लाग्नुका कारण राम्ररी पहिल्याएर त्यसको निवारण गरे व्यवसायमा घाटा नहुने र सफलता टाढा नहुने युवा व्यवसायी बडालको अनुभव छ ।

नेपालको पशुपन्छी पालन क्षेत्र र पशुपन्छी औषधि व्यवसाय क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउँदै अघि बढाउन महासंघमार्फत आफूले सक्दो मेहनत गर्ने बडालले बताएका छन् ।

बडाल सदस्य रहेको समितिले महासंघलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास महासंघका अध्यक्ष शेखर गोल्छाले व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *