अस्ट्रिच नेपाल प्रालिलाई पाँच करोड रुपैयाँ नोक्सानी

बुटवल । कोरोना महामारीका कारण लामो समय होटेल-रेष्टुेन्ट व्यवसाय बन्द हुँदा अस्ट्रिच चरा पालन र मासु उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग अस्ट्रिच नेपाल प्रालिलाई पाँच करोड रुपैयाँ बढी नोक्सानी भएको छ।

प्रा.लिले रुपन्देहीको तिलोत्तमा मधवलियामा २२ बिघा क्षेत्रफलमा चार हजार बढी अस्ट्रिच चरा पालेको छ । फार्ममा बैंकहरुको मात्र डेढ अर्ब बढी लगानी भएको छ ।

लकडाउनले होटेल-रेष्टुेन्ट नखुल्दा मासु उत्पादन र बिक्री गर्न नपाउँदा ६ महिनाको अवधिमा पाँच करोड बढी नोक्सानी भएको हो । प्रालिले उत्पादन गर्ने मासुको अधिकांश हिस्सा पर्यटक स्तरका होटेलमा खपत हुने गरेको छ ।

मासु बिक्री नभएपछि मासु उत्पादनका लागि तयार भएका अस्ट्रिचलाई दाना खुवाएर पाल्नुपर्दा थप नोक्सानी भएको प्रालिको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *